Websoft University

पोखराखो उत्तमचोकमा आज दिउसै गोलि चल्यो-हेर्नुस् भिडियो सहित



पोखरा जेठ २९ गते । रातो तारा डट कम,पोखराको उत्तमचोकमा प्रहरीले लागूऔषध कारोबारी माथि गोली चलाएको छ । लागुऔषध लिएर हिँडेको सूचनाको आधारमा प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरी माथि आक्रमण भएपछि आत्मरक्षाको लागि प्रहरीले गोली चलाएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दान बहादुर कार्कीले जानकारी दिए ।

लागूऔषध कारोबारीले प्रहरीमाथि आक्रमण गरेपछि नियन्त्रणमा लिने क्रममा प्रहरीले घुँडा भन्दा तल खुट्टामा गोली चलाएको कार्कीले जानकारी दिए । प्रहरीले चलाएको गोली लागेपछी घाइते भएका लागूऔषध कारोबारी जोनर डीके भनिने करिव ३० बर्षीय गोविन्द थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको एसपी कार्कीले जनाएका छन्

प्रहरीले थापाको साथबाट नर्फिन, फेनार्गन र डाइजोपाम लगाएतका १५ सय थान लागूऔषध बरामद गरेको जनाएको छ । लागूऔषध कारोबारी थापा यसअघी कतार र नेपालमा समेत जेल बसेका जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । लागूऔषध कारोबारीको आक्रमणबाट एक प्रहरी असईको बाया खुट्टा र तिघ्रामा चोट लागेको एसपी कार्कीले जनाएका छन् । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार गोली लाग्नले ब्यक्ति एउटा होटलमा बसेर चिसो खाएको बताए । उनी बाहिर निस्किने क्रममा सादा पोशाकमा सोही होटलमा रहेका प्रहरी प्रहरीले उनीलाई पछ्याउने क्रममा उत्तम चोकमा गोली चलेको होटल सञ्चालिका कल्पना अर्यालले बताईन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.