काठमाण्डौ बैशाख २२ गते । रातो तारा डट कम,सुर्खेतमा जारी कर्णाली प्रिमियर लिग क्रिकेटको उपाधि विभागीय टिम आर्मीले जितेको छ । सनिवार भएको फाइनलमा बुटवलको न्यु होराइजनलाई ५९ रनले पराजित गर्दै आर्मीले लगातार दोस्रो पटक उपाधि जितेको हो । उपाधि सहित आर्मीले ५ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता होराइजनले २ लाखमा प्राप्त ग¥यो । १ सय ४६ रनको लक्ष्य पछ्याएको होराइजन १८ ओभर ३ बलमा ८७ रनमा समेटियो । आर्मीका जितेन्द्र मुखिया र शाहब आलमले समान ३÷३ विकेट हात पारे । टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ६ विकेट गुमाउदै १ सय ४६ रन बनाएको थियो । फाइनल खेलका म्यान अफ द म्याच आर्मीका हरि बहादुर चौहान घोषित हुनुभयो ।
Post a Comment