Websoft University

झाँझपुलमा चक्का जाम गर्दै प्रदर्शन



काठमाण्डौ बैशाख २२ गते । रातो तारा डट कम,रौतहटका व्यापारी श्री भगवान साहका आफन्त र स्थानीयवासीहरुले सनिवार गौर चन्द्रनिगहापुर सडकखण्डको झाँझपुलमा चक्का जाम गर्दै प्रदर्शन गरेकाछन् ।  
रौतहटको कटहरिया नगरपालिका वडा नं ५ कटहरियाका व्यापारी श्री भगवान साह अपहरणमा परेको ५ दिन बितिसक्दा पनि प्रहरीले अझै अपहरणकारीलाई पता लगाउन नसकेको भन्दै साहका आफन्त एवम स्थानीयवासीहरुले आक्रोसित हुँदै विरोध प्रदर्शन गरेका हुन् । 

प्रदर्शनकारीहरुले साहका अपहरणकारीलाई तुरुन्त सार्वजनिक गर्नुपर्ने माग राख्दै सनिवार विहान साढे ११ बजेदेखी ३ घण्टा  गौर चन्द्रनिगाहपुर सडकखण्डको झाँझपुलमा प्रदर्शन गरेका छन् । अपहरणकारीलाई पता लगाउनको लागि प्रहरीले तिन दिन समय मागेपछि प्रदर्शनकारीहरुले आन्दोलन रोकेका हुन् । 

व्यापारी साहलाई गत बैशाख १७ गते रौतहटकै गरुडाबाट अपहरण गरिएको थियो । गरुडामा पैसा लिनको लागि मोटरसाइकलबाट आएको अवस्थामा साहलाई अपहरण गरिएको बताईएको छ ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.