झापा,चैत्र २७ गते । रातो तारा डट कम,झापाको भद्रपुर नगरपालिका(५ बसपार्कबाट प्रहरी टोलीले लागूऔषध सहित आज १ जनालाई पक्राउ गरेको छ ।
लागूऔषध सहित उदयपुर बेलका नगरपालिका(५ बस्ने बर्ष २२ को बीरधन तामाङलाई पक्राउ गरेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।
बिहान साढे ९ बजे उक्त कार्यालयबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा हिडिरहेका तामाङलाई चेकजाँच गर्ने क्रममा लागूऔषध फेनारगन(२० एम्पुल, डाईजेपाम(२० एम्पुल र लुपिजेसिक(२० बरामद गरेको छ ।
पक्राउ परेका तामाङलाई वडा प्रहरी कार्यालय भद्रपुरमा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
Post a Comment