मोहन कुमार राई- चैत्र २७ गते । रातो तारा डट कम,संखुवासभाको चैनपुर रंगशालामा बुधबार भएको १ नं. प्रदेश स्तरीय दोस्रो चैनपुर मेयर गोल्डकप खुल्ला पुरुष फुटवल प्रतियोगितामा ४ नगरपालिका दोस्रो चरणको खेलबाट संखुवासभाको मादी नगरपालिकालाई ३–४ गोलको अन्तरले मोरङ्गको उर्लाबारी नगरपालिकाले हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ । यता सूर्योदयन नगरपालिका इलामले म्यागलुङ्ग नगरपालिका, तेह्रथुमलाई ०–२ को अन्तरले हराउदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
मादी र उर्लाबारी वीच भएको प्रतियोगितामा निर्धारित समयावधी भित्र दुवै टिमले गोल हान्न नसकेपछि ट्राइव्रेकरमा ३–४ अन्तरले उर्लावारीले उछिन्दै अघि बढेको थियो । उर्लावारीको किपर प्रविण लिम्बू र सूर्यदयन नगपालिका इलामका जर्सी नं. ९ का शेखर राईलाई आज भएको फुटबल प्रतियोगितमा म्यान अफ द म्याच घोषित भएका थिए ।
“खेलकुद मार्फत पर्यटन,पहिचान, प्रगति र गरीमाः समृद्धि र एकताको लागि फुटवल चैनपुर नगरीमा” भन्ने मुल नाराका साथ भैरहेको १ नं. प्रदेश स्तरको खुल्ला पुरुष फुटबल प्रतियोगितामा विभिन्न जिल्लाका १३ टिम सहभागी रहेको थियो । बुधबार कटारी नगरपालिका उदयपुर र उर्लाबारी नगरपालिका मोरङ्ग वीच पहिलो चरणको सेमिफाइनलहुदैछ । त्यस पछि सूर्यदयन नगरपालिका इलाम र आयोजक टिम चैनपुर नगरपालिका, संखुवासभा वीच खेल हुने चैनपुरबाट सञ्चार कर्मी मोहन राईले जनाएको छ ।
संखुवासभाको चैनपुर नगरपालिकाले आयोजना गरेको दोस्रो चैनपुर मेयर गोल्ड कप खुल्ला पुरुष फुटबल प्रतियोगिता खेल उद्घाटन चैत्र २३ गते गर्ने भनिए पनि खराब मौषमसँगै परेको भिषण बर्षाको कारण २४ गते मात्र खेल उद्घाटन गरिएका थियो । चैनपुर नगरपालिकाको ३५ लाखको लागत र अन्य संघ संस्थाहरु सँग समेत चन्दा संकलन गरेर ४५ लाखको लागतमा यो फुटवल प्रतियोगिता चैत्र २९ सम्ममा सम्पन्न गर्ने आयोजक समितिले जनाएको छ ।
प्रतियोगितामा विजयी हुने नगरपालिकाका प्रथम स्थान हासिल गर्ने टिमलाई ५ लाख ५५ हजार ५ सय ५५ , द्धितीय हुने टिमलाई ३ लाख ३३ हजार ३ सय ३३, तृतीय स्थान एवं सेमी फाइनलमा पराजित दुवै टिमलाई १ लाख ११ हजार १ सय ११ रुपैया नगद सहित मेडल,कप र प्रमाणपत्रले पुरस्कृत गरिने समेत जनाइएको छ ।
यसैगरी सर्वोत्कृष्ट खेलाडीलाई रु.१५ हजार, उत्कृष्ट गोलरक्षकलाई १० हजार र प्रत्येक खेलमा म्यान अफ द म्याच घोषित खेलाडीलाई ५ हजार नगद सहित पुरस्कृत गरिने मूल आयोजक टिमका सदस्य सचिव टंक रोक्काले जनाएको छ ।
Post a Comment