Websoft University

सरोज यादवको विजयी सुरुवात



बिराटनगर चैत २८ गते । रातो तारा डट कम,प्रदेश नं. २ का सरोज यादवले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरग भएको १४ औं राष्ट्रिय कुस्ती प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । १२ औं सागका कास्य पदकधारी सरोजले ६५ केजी तौलमा प्रदेश नं ७ का कैलास ठगौनालाई पराजि गरे । 

यस्तै नेपाल प्रहरीका रितेश प्रसाद यादवले सेनाका अदीप खड्कालाई लाई र प्रदेश ३ का शैलेन्द्र कुमार यादवले प्रदेश १ का कुमार आचार्यलाई पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेको नेपाल कुस्ती संघका महासचिव बिद्यासागर पोखरेलले जानकारी गराए ।

यस्तै जित हात पार्दै अर्को चरण प्रवेश गर्ने क्रममा पुरुष ५७ केजी तौलमा सेनाका तीलक बहादुर देउजाले प्रदेश ५ का शिब कुमार यादवलाई पराजित गरे । यसैगरि प्रदेश २ का नरेश यादवले नेपाल प्रहरीका धर्मेन्द्र यादवलाई तथा प्रदेश ७ का पारश चन्दले प्रदेश १ का कमल देव यादवलाइ पराजित गरे । ६१ केजी तौलमा प्रदेश ७ का अर्जून गुरुङ्ग, प्रदेश ३ का जादुलाल यादव, पुलिसका भागवत शाह र  प्रदेश ५ का भुनेश्वर यादवले पनि जित निकाले । 

अर्जूनले प्रदेश १ का आनन्द राजबंशी, जादुले सेनाका अर्जून बोहरा, भागवतले प्रदेश ७ का सुरज थापा मगर र भुनेश्वरले प्रदेश २ का जय मंगल यालवलाई हार चखाए ।

कपिलबस्तु जितपुरस्थित सिद्धार्थ कलेको कभर्डहलमा भएको प्रतियोगिताको महिला तर्फ ५० केजीमा सेनाकी लक्ष्मी तामाङ्ग र प्रदेश ७ की मनिषा सिंहले जितको सुरुवात गरे । यस्तै ५३ केजीमा सेनाकी कोपिला थाम, ५५ केजीमा प्रदेश ५ की सपना श्रेष्ठले जित निकाले । 

५७ केजीमा सेनाकी कल्पना बि.क. र प्रदेश ७ की अम्बिका भण्डारीले जित निकाल्दै अर्को चरण प्रवेश गरे । ५९ केजी तौलमा सेनाकी कविता पुन, ६२ केजीमा सेनाकै सुशिला चन्द, ६५ केजीमा प्रदेश ७ की निरा आउजी, ६८ केजीमा पुलिसकी निर्मला जागरी र प्रदेश ५ की शान्ति चौधरीले जित निकाले । शान्ति भारोत्तोलन खेलकी खेलाडी समेत हुन् ।

प्रतियोगिताको नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयका सविच कृष्ण प्रसाद देवकोटाले पनसमा द्विप प्रज्वलन गरेर उद्घाटन गरेका थिए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.