Websoft University

नेपाली कथानक चलचित्र "दाल भात तरकारी"का टिम प्रचारप्रसारका लागी पूर्वको इटहरीमा


सुनसरी शिव भट्टराई चैत २८ गते । रातो तारा डट कम,
मह सञ्चारको ब्यानरमा निर्माण भएको चलचित्र दालभात तरकारी मनोरञ्जनात्मक चलचित्र भएपनि दालभात तरकारीका लागि मात्र अरुको देश जानु भन्दा आफनै देशमा केही गर्नु पर्ने संदेश दिने काम पनि दालभात तरकारीले गर्ने कलाकार हरिवंश आर्चायले वताए ।

बैशाख २० गते देखि देशैभरमा प्रदर्शसन हुन लागेको दाल भात तरकारीको प्रचारप्रसारका लागि सुनसरीको इटहरी आइपुगेका हाँस्यकलाकार हरिवंश आचार्यले भविष्यका पुस्ताहरुलाई आफनै भाषा संस्कृति संरक्षणमा टेवा पुग्ने गरी चलचित्रहरु निर्माणका लागि प्रेरणा प्रदान गर्न समेत दाल भात तरकारी सफल हुने वताएका हुन ।

त्यसै गरी अर्का कलाकार किरण केसीले दाल भात तरकारी कतैबाट प्रभावित नभएको अर्गानीक नेपाली चलचित्र भएको दावी गरे । चलचित्रको प्रचारप्रसारका लागि इटहरी आइपुगेका दाल भात तरकारी चलचित्रका कलाकारहरुले प्रचारप्रसारका लागि सडक कार्यक्रम समेत गर्दै हिडेको जानकारी दिए ।

 चलचित्र दाल भात तरकारीको प्रचारप्रसारका लागि कलाकारहरु हरिवंश आर्चाय , किरण केसी , शिवहरि पौडेल , आँचल शर्मा लगायतका कलाकारहरु पुर्वमा रहेका छन । किरण केसीका पुत्र सुदन केसीको डेबु निर्देशन रहेको चलचित्रको कथा , पटकथा तथा संवाद हरिवंश आर्चायको र संगित शम्भुजित बास्कोटाको रहेको सो अवसरमा जानकारी गराइयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.