Websoft University

उद्योग बाणिज्य संघ इटहरीमा चुनावी रन्को सुरु


सुनसरी,चैत २८ गते । रातो तसरा डट कम,उद्योग बाणिज्य संघ इटहरीको चुनाव नजीकिदै जादा इटहरीमा चुनावी रन्को सुरु भएको छ । नेपाली काग्रेस, नेकपा निकट ब्यबसायीहरु टिम बनाएर चुनावी मौदानमा उत्रने पक्का पक्की भएको छ । असार १४ गते चुनाब हुदै छ । चुनाव हुन करीब अडाई महिना अगाबै चुनाबी रन्को सुरु भएको छ ।

माओवादी र एमाले निकट ब्यावसायी हालका कार्यवहाक अध्यक्ष शैलेस विष्ट चुनावको तयारीमा छन । नेकपा निकट ब्यबसायीको प्यानल चुनाव आउनु अडाई महिना अघिनै घरदैलोको तयारी छ । भित्रि रुपमा कार्यकर्ताहरुको फर्म रिनो गर्ने सम्मको काम सुरु गर् । चुनावको लागी उम्मेदवारहरुले स्थानीय नेताहरु पकाउँन थालेका छन ।


नेपाली काग्रेस निकट भिम पौडेल नेतृत्वको संयुक्त प्यानल वनाएर चुनाबी मौदानमा उत्रिने तयारी गदै छ । पौडेलले पनि आफु निटक ब्यबसायीहरुको फर्म रिनो गर्न थालेको ब्यापारीहरु बताउँछन । तथापी नेकपाबाट विष्ट र नेपाली काग्रेसबाट पौडेलको उम्मेदवारीलाई ब्यापारीहरुले दुबै पक्ष बलियो भन्न थालेका छन । चिया पसल तथा भट्टी पसलहरुमा चुनावी चर्चा हुदा दुबै बलियो भएको ब्यापारीहरु बताउँछन ।


बिगत बर्षहरु देखि नै उद्योग बाणिज्य संघ इटहरीको नेतृत्व गर्दै आएको नेपाली काग्रेस निटक ब्यापारीहरुले अघिल्लो बर्ष नराम्ररी हार्नु पर्यो । लामो समय देखि उद्योग बाणिज्य संघमा हादै आएका एमाले निकट ब्यापारी अघिल्लो बर्षको चुनाव जिते जस्तै यो पटक पनि नेतृत्व हत्याउँने दाउमा छ । नेपाली काग्रेस निकट ब्यापारीहरु भने अघिल्लो पटकको हारको बद्ला लिने दाउमा छ ।


उद्योग बाणिज्य संघ इटहरीका कार्यवहाक अध्यक्ष शैलेस विष्टले चुनावी अभियान सुरु भएको बताए । असार १४ गते चुनाव हुने पक्का भए सँगै ब्यापारीहरुलाई तयारी गराउने काम भईरहेको छ विष्टले भने । यो पटकको चुनाबमा बिहीबार कि शनिबार बजार लगाउने भन्ने विषयमा पनि चुनाब हुदै छ विष्ट भन्छन् । नेकपाको एक्लो उम्मेदवार आफै भएको भन्दै शैलेसले भने चुनाव जित्ने दाउमा छु ।


ब्यापारी भिम पौडेलले पनि आफुले यो पटकको चुनाव जित्ने दाबी गरे । ब्यापारीहरुमा नयाँ उर्जा दिन पनि मैले उम्मेदवार दिएको हौ । ब्यापारीहरुको हकहितमा काम गदै अगाडी बढ्ने योजना रहेको सुनाउँदै पौडेल भन्छन् नेतृत्व गर्न पाए ब्यापारीहरुको पक्षमा काम गर्छु । लामो समय देखि ब्यापारमा होमिएका पौडेलका धेरै ब्यापार ब्यबसाय छन । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.