Websoft University

कारको ठक्करबाट मोटरसाइकल चालक १ को मृत्यु १ घाइते


मोरङ, चैत्र २८ गते । रातो तारा डट कम,मोरङको सुन्दरहरैचा नगरपालिका-४ बुधवारे चोकमा बुधवार कारको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ । 

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पश्चिम तर्फ जाँदै गरेको बा ३ च ७९६२ नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको को १५ प ९९७८ नम्बरको मोटरसाईकललाई राती ९ बजे ठक्कर दिएको थियो ।  

कारको ठक्करबाट मोटरसाईकल चालक ईटहरी उप-महानगरपालिका-८ बस्ने वर्ष २२ को प्रकाश चौधरी र मोटरसाईकलको पछाडी सवार वर्ष २२ को हेम चौधरी गम्भीर घाइते भइ उपचारको लागि नोबेल अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा मोटरसाईकलको पछाडी सवार हेम चौधरीको  राती साढे ९ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ । 

मोटरसाईकल चालकको सोही अस्पतालमा उपचार भईरहेको  छ भने कार र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.