Websoft University

नयाँ वर्षमा मात्रै किन फूल्छ सलहेश


काठमाण्डौ बैशाख २ गते । रातो तारा डट कम,सिरहाको सलहेश फुलबारीमा रहेको मालिनीको मन्दिरमा विशेष गरी बैशाख १ गते मेला लाग्ने गर्दछ । मालिनीको मन्दिर संगै रहेका दुईवटा हारमको रुखमा फूल्ने सुनाखरीको फूल यो वर्ष पनि फुलेको छ । सुनाखरीको फूल हेर्न नेपाल तथा भारतबाट पर्यटकहरु सलहेस फूलबारीमा आइपुगेका छन् ।

हरेक वर्षको १ गते यहाँ रहेको तीन ओटा रुखमा मात्रै यो फूुल फुल्ने गर्छ । पहिला वैशाख १ गते मात्र फुल्छ भनिए पनि अहिले दुई तीन दिन अघि देखि सुनाखरीको गुच्छामा कोपिला देखिन्छ । वैशाख १ गते पछि औलाएर जान्छ फेरी अर्को नयाँ वर्षको १ दिन अघि मात्र देखिन्छ  ।

सुनाखरीको फुल शलहेश मालिनीको दर्शन गर्न  भारतको बिहारबाट आउने  लाखौ श्रद्धालुहरुको घुईचो मन्दिर परिसरमा छ ।  राजा शलहेश र मालिनीको दर्शन गरे निसन्तानलाई सन्तान प्राप्ति,छाला रोग निको हुने र जुनसुकै मनोकामना भएपनि पूरा हुने धार्मिक विश्वास छ ।

त्यसैले शलहेश फूलबारीमा प्रत्येक साल लाखौ मानिस नेपाल भारतबाट दर्शन गर्न आउने गर्दछन् । १४ पुस्ता देखि शलहेश मालिनी मन्दिरमा पूजा गर्दै आएका जयदेब सिंह यसपटक पनि पूजाका लागि आउनुभएको छ । धार्मिक किबन्ती अनुसार राजा शलहेश सिरहा दरबार मैसोथाबाट मानिक दहमा नुहाउन आउने, अखरामा कुस्ती खेल्ने ,शलहेश फुलबारीमा फुल टिप्ने अनि राजा कुलेश्वरको दरबार पकरिया गढमा फूल चढाउने गरेको उल्लेख छ ।

किबदन्ती अनाुसार एक दिन कुलेश्वरको बगैचामा घुमीरहेका राजा शलहेशलाई कुलेशवर राजाका सिपाहीले पक्राउ गरेको र पछि कुलेश्वर राजाले शलहेशलाई नै शेनापति बनाएपछि मालिनी संग राजा शलहेशको भेट भएको उल्लेख छ ।

राजा शलहेश र पे्रमिका मालिनीसँग प्रेमलाप गर्नेस्थल फूलबारी धाम जहाँ अहिले शलहेश र मालिनीको मन्दिर बनेको छ । पे्रमिका मालिनीललाई देबी दुर्गाले छल गर्र्दा राजा शलहेशलाई भेट्न नपाउदा मालिनीले तिनै दुई रुखमा आफु भेट्न आएको संकेतको रुपमा यही समयमा फुल छोडेर गएकाले अहिले पनि त्यहाँ फुल फुल्ने गरेको जनविश्वास रहेको पुजारी जयदेव सिंह बताउनु हुन्छ ।

तर यो सुनाखरी फुल नेपालका पुर्वी क्षेत्रका धेरै ठाउहरुमा असार साउनमा फुल्ने गरेको पाइन्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.