काठमाण्डौ बैशाख २ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वर्ष सरकारले वृद्धभत्ता बढाउने कुरा बताउनुभएको छ । ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा र खोलौं बैंक खाता कार्यक्रममा उहाँले वृद्धभत्ता बढ्ने बताउनुभएको हो ।
वृद्धि भत्ता बढ्छ भन्ने सबैलाई थाहा भएको प्रधानमन्त्रीले दावी गर्नुभयो । उहाँले केही वर्षभित्र नेपाल निरोगी र स्वस्थ हुने जिकिर गर्दै अब अपवादमा मात्रै मान्छेहरु विरामी हुने दावी गर्नुभयो ।
कुपोषणका कारण विरामी, अभावका कारणले विरामी, जानकारीका अभावका कारणले बिरामी, रोग लाग्ने वातावरणको सुरक्षाको अभावले हुने विरामी अब हट्ने प्रधानमन्त्रीको भनाई थियो ।
Post a Comment