काठमाण्डौ,फागुन ३० गते । रातो तारा डट कम,नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको समूहले आह्वान गरेको बन्दको प्रभाव सामान्य सामान्य भनिय पनि पुर्वमा बढी प्रभावित भएको र पुरै बन्द पनि भएको देखिएको छ ।
प्रतिबिन्धित विप्लव समूहले आज गरेको नेपाल बन्दको घोषणाको प्रभाव सामान्य देखिएको हो । काठमाडौंमा बिहानैदेखि फाट्टफुट् गाडी चलेका छन् । तर विप्लवको बन्द आह्वानका कारण अधिकांश निजी विद्यालयहरुले आज बिदा दिएका छन् ।
राजधानीबाट बाहिरी जिल्लामा चल्ने अधिकांश रात्रिकालीन बसले हिजो टिकट काट्न नमानेका यात्रुहरुको गुनासो छ । तर नेपाल प्रहरीले भने स्कर्टिङ गरेर भए पनि गाडी चल्न दिइने र बन्दलाई असफल पार्ने बताएको छ । प्रहरीले विप्लवको बन्ददेखि नडराउन पनि सर्वसाधरणलाई अनुरोध गरेको भए पनि पुरै बन्द भएको देखिन्छ ।
Post a Comment