Websoft University

भीम पराजुलीको चीन भ्रमण फलदाइ–छिटै महानगरको फोहरबाट मोहर बनाउन सकिने


बिराटनगर,फागुन १२ गते । रातो तारा डट कम, बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुली उप मेयर इदिरा कार्की, वडा नम्वर ३ का वडा अध्यक्ष बिनोद बस्नेत, इन्जियियर घनश्यम काफले शाखा प्रमुख अर्जुन थपलिया,समेतको टोली दिने चीन भ्रमण सकेर बिराटनगर आइपुग्नु भएकोछ ।

बिराटनगर आइपुगे पछि मेयर भीम पराजुलीले पत्रकार सम्मेलन गरेर भ्रमणको बारेमा पत्रकारहरुलाई जानकारी गराउनु भएको थियो ।

चिनको “कोन्च भेन्चर होल्डीङ लिमिटेड” को निम्नत्रणामा चाइनाको “आन हुँई प्रदेश, जिल्ला, जिउयांन, को उहुँ महानगरपालिका” पुग्नु भएको बताउनु भएकोछ । पराजुलीले दिएको जानकारी अनुसार उहुँ नगर,का मेयर हि माओजी संगको भेटमा बिराटनगर महागनरपालिका सो नगर सग भगेनी सम्वन्ध स्थापित गर्ने सहमति भएको पनि पत्रकार सम्मेलनमा पराजुलीले जानकारी गराउनु 
भयो ।

खास गरेर बिराटनगरको टोली बिराटनगरको फोहर कसरी मोहरमा बदल्न सकिन्छ भन्ने बिषयको खोजि गर्न “कोन्च भेन्चर होल्डीङ लि” को निम्नत्रणामा आफुहरु त्यहा पुगरेर सो बिषयमा छलफल भएको बताउनु भएकोछ ।

मेयर भीम पराजुलीले दिएको जानकारी अनुसार “कोन्च भेन्चर होल्डिङ लिमिटेड” ले नेपालमा फोहर बाट बिजुली उत्पादन गर्ने प्रोजेक्टको लागि करिव बिराटनगरमा १२ देखि १५ अर्व लगानी गर्न चाहेको र उसले लगानी गरे पछि ३० वर्ष सम्म फोहर बाट उत्पादित बिजुली नेपाल सरकारले किन्नु पर्नेछ भने ३० वर्ष पछि सो प्रोजेक्ट नेपाल लाई नै हस्तान्तरण हुने जस्ता कुरामा व्यपक छलफल भएकोे समेत जानकारी गराउनु भयो ।

चिनको कोन्च भेन्चर होल्डीङ लिमिटेड चिन सरकारको करिव ५१ प्रतिशत सेयर र बाँकी निजी लगानीमा स्थापना भएको कम्पनी हो । यो कम्पनी ले आफना शाखाहरु चाइनाका धेरै ठाउमा इटाली पुरोप लगाएतका देशमा समेत शाखा बिस्तार भएको सस्था हो ।

 यो कम्पनी नेपालमा आए काम सुरु गर्न मात्र उसलाई दैनिक ५ सय मेट्रिक टन फोहरको आवश्यक्ता पर्ने रहेछ र १ सय मेट्रिक टनबाट एक सय मेगावट बिजुली उत्पानद हुने कुरा बताउनु भएको थियो ।

कम्पनी ल्याउन सकिए पुर्वका उपमहागरपालिका, नगरपालिका, गाउपालिकाहरु संग मिलेर फोहर उपलब्द गराउन सकिने र अहिले भइरहेको ठुलो मात्राको खर्च उत्पादनमा लगाउन सकिने बताउनु भयो ।

यो कम्पनीले उत्पादनको क्षेत्र नाम कमाइसकेको ले नेपालमा ल्याउन सके सोलार बिजुली सिमेन्ट ५३ देखि ६५ ग्रेडको उत्पादन गर्ने रहेछ  भन्नु भयो ।

कार्यक्रममा मेयर भीम पराजुलीले हाम्रो ४ दिने भ्रमण अति फलदाइ भएको बताउनु हुदै,हामी पुगेको उहुँ महानगरपालिकामा ३ करोड लाख ९६ हजार जनसंख्य रहेको र यो नगरमा सियो देखि हवाइजहाज समेत बन्दोरहेछ भन्नु भयो । 

अन्त्यमा बिराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले आज सम्म बिदेश भ्रमणमा जादा सरकारी रकम खर्च नगरेको र आफुले पाउदै आएको सरकारी सुबिधा समेत स्कुलहरुलाई सहयोग गरेको पत्रकार हरुलाई जानकारी गराउनु भयो । 

  

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.