Websoft University

लुम्बिनी गुरुयोजनाभित्रै भारतीय ठेगाना उल्लेख भएको बोडै झुण्ड्याएर बिहार निर्माणको काम धमाधम हुदा पनि त्यस तर्फ कसैको ध्यानाकर्षण भएन

काठमाडौ पुस ३० गते । रातो तारा डट कम,लुम्बिनी गुरुयोजनाभित्रै भारतीय ठेगाना उल्लेख भएको बोडै झुण्ड्याएर बिहार निर्माणको काम धमाधम भइरहेको छ। त्यसले राष्ट्रियताकै खिल्ली उडाए पनि लुम्बिनी विकास कोष मौन छ।

कान्तिपुर दैनिकका अनुसार जापाको सोक्यो संस्थाद्वारा डब्लूए २ प्लट नम्बरको १६० वाई, १६० मिटर जग्गामा  रहेको निर्माणस्थलअगाडि नै बोर्ड राखिएको हो। बुद्ध जन्मस्थल लुम्बिनीमा मन्दिर निर्माण भइरहेकोछ तर बोर्डमा भारतीय झण्डासहित ठेगाना पनि भारत नै लेखिएको छ। सोक्यो कोअपरेसन ट्रस्ट लेखिएको बोर्डमा जापान र भारतको संयुक्त झण्डा छ। ६ महिनादेखि झुण्ड्याइएको बोर्डमा ककरहवा सिद्धार्थनगर यूपी उल्लेख छ।

सार्वजनिक  रूपमा राखेको राष्ट्रियताविरोधी बोर्ड कोष कर्मचारीले हटाउन नसक्नु उसको गैरजिम्मेवारी भएको स्थानीय बताउँछन्। लुम्बिनीमा ६ सुरक्षा दस्ता परिचालित छन्, नेपाल, सशस्त्र, दैगा र पर्यटक   प्रहरी। त्यसमाथि लुम्बिनी विकास कोष र वीर गोर्खा सेक्युरिटीका सुरक्षाकर्मीसमेत गरी २०० भन्दा बढी परिचालित छन्।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.