Websoft University

पुलिस र प्रदेश नम्बर ३ क्वाटरफाइनलमा

बिराटनगर,माघ २ गते । रातो तारा डट कम,पोखरामा जारी दोस्रो संस्करणको सभामुख राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विभागिय टिम नेपाल पुलिस क्लब र प्रदेश नम्बर ३ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पोखरा रंगशालामा १ गते भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ३–० को सेटमा हराउदै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । पुलिसले २५–१९, २५–२० र २५–१७ को सेटमा पराजित गर्यो ।

जितसँगै पुलिस समूह ‘डी’ को समूह विजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । पराजित भएपनि गण्डकी उपविजेता बन्दै क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको छ । यस समूहमा दुई टोली मात्र रहेको कारण दुवै टोलीले क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् । यस्तै प्रदेश नम्बर ३ ले विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा हराएर क्वाटरफाइनलमा स्थान बनाएको छ ।

प्रदेश नम्बर ३ ले आर्मीमाथि २५–१०, १२–२५, २५–२० र २५–१४ को सेटमा हरायो । जीतसँगै प्रदेश नम्बर ३ ले समूह ‘सी’ को विजेता बन्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको हो । पराजित भएपनि आर्मीले उपविजेता बन्दै क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । यस समूहमा पनि दुई टोली मात्र रहेको कारण दुवै टोलीले क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.