Websoft University

डा.केसीको स्वास्थ्य कमजोर बन्दै


बिराटनगर,माघ २ गते । रातो तारा डट कम,इलाममा अनसनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । डा.केसीको स्वास्थ्य अवस्था नाजुक बनेपछि उहाँको उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट विशेषज्ञ डाक्टरहरुको टिम इलामतर्फ लागेको छ ।

प्रतिष्ठानका मुटुरोग विशेषज्ञ डा प्रशान्त शाही र इमरजेन्सी मेडिसिनका डा अजय यादवसहित ११ जनाको टोली इलाम तर्फ लागेको प्रतिष्ठानका उपकुलपति डा राजकुमार रौनियारले जानकारी दिनुभयो । विशेषज्ञ सहितको टोलीमा उनीहरुसँग फिजिसियन, एनेस्थेसिया, ल्याब र २ जना नर्ससमेत छन् ।

उपकुलपति डा रौनियारका अनुसार डा. केसीलाई प्रतिष्ठानबाट गएका टोलीले आइसियूमा दिन सक्ने उपचार सेवा उपलब्ध गराउन सक्ने छन् । डा केसी चिकित्सा शिक्षा विधेयक विगतमा भएको सहमति अनुसार आउनु पर्ने लगायतका ६ बुँदे माग राखेर पुस २५ गतेदेखि आमरण अनसनमा छन् ।

अनससन बस्नुभन्दा केही समयअघि बिरामी परेर अस्पताल नै भर्ना हुनुपर्ने अवस्था आएका डा केसीको मुटुमा समस्या छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.