Websoft University

प्रहरी टोलिलर खेती नष्ट गर्दै


श्याम राई उदयपुर-गाईघाट,माघ २ गते । रातो तारा डट कम,स्थानीय प्रशासनले वर्षेनी प्रहरी टोली परिचालन गरेर गाजा खेती नष्ट गर्दै आएको भएपनि उदयपुरको पहाडी भेगमा अवैध गाजा खेती अझै रोकिएको छैन ।

जिल्लाको  पश्चिम– उत्तरको पहाडी भेगका एक दर्जन ठाउँमा झण्डै ५ हजार रोपनी क्षेत्रफलमा विगत एक दशक भन्दा बढी समयदेखि गाजा खेती हुँदै आएको छ । उक्त गाजा खेती नष्ट गर्न प्रशासनले वर्षेनी ठूलो संख्यामा प्रहरी परिचालन गरेर लामो समय अभियान कै रुपमा संचालन गर्दै आएको छ । तर कृषकले उक्त गाजा खेती गर्न  छाडेकाछैनन् ।

प्रहरीले गाजा खेती वर्षेनी नष्ट गरे पनि उक्त खेती गर्ने किषान र सर्व साधारणलाई पक्राऊगरि कुनै किसीमको कानूनी दायरमा नल्याउदा प्रशासनले संचालन गरेको उक्त अभियान प्रभावकारी हुन सकेको छैन ।

‘ गाजा खेती नष्ट गरेको धेरै सुनिएको छ । तर उक्त कार्यमा संलग्न कसैलाई  पनि अहिले सम्म कार्यवाही भएको छैन ।’ कटारीका युवा नेता राम कुमार राईले भने ।‘ खेती नष्ट गरे पनि कानूनी कार्यवाहीबाट जोगिदै आउँदा खेती गर्ने किषानको मनोवल बढेर गाजा खेती नरोकिएको उनको बुझाईछ ।’ उनले प्रहरीले गाजा खेती नष्ट गर्दै त्यसमा संलग्न किषानलाई पक्राउगरि कार्यवाही शुरु गर्न साथ खेती धेरै हदसम्म रोकिने बताए ।

अहिले सम्म एक जना पनि कार्यवाही हुन नसक्दा मनोवल बढेर गाजा खेतीले निरन्तर पाईरहेको छ ।’ पूर्व गाविस अध्यक्ष राईले भने । कसैलाई पक्राउ नगरी गाजा खेती नष्ट गर्दैमा अवैध खेती रोकिने अवस्था छैन ।’ उनले भने । वर्ष देखि गर्दै आएको गाजा खेती त्यही सहज रुपमा रोकिने वाला छैन ।’ उनीहरुलाई गाजा खेतीको विकल्पको रुपमा अन्य पेशाको व्यवस्था गर्नु पर्छ ।’ राईले भने ।

अवैध रुपमा हुँदै आएको गाजा खेती प्रहरी परिचालन गरेर नष्ट गर्दैमा नरोकिने एक पूर्व प्रहरी अधिकृतले बताए । निरन्तर तिन वर्ष देखि गाजा नष्ट गर्ने अभियानमा खटेका ति अधिकारीले गाजा खेती गर्ने किषानलाई पक्राऊ गरि कार्यवाही चलाए मात्र अवैध गाजा खेती रोकिन सक्ने बताए ।‘ तिन वर्ष देखि म निरन्तर नष्ट गर्ने अभियानमा खटिएका । एक साल नष्ट गर्यौ अर्का साल तिनै किषानले झन खुलेआम गाजा खेती गर्दै आउछन् ।’ ढकाल थरका पूर्व सईले बताए ।‘ हामीले अभियानको बेला कसैलाई पक्राउ गरेनौ । केवल गाजा खेती मात्र नष्ट गर्यौ ।’

‘ हामीलाई गाजा खेती नष्ट गर्ने मात्र निर्देशन थियो । खेती गर्ने किषानलाई समात्ने कुनै निर्देशन थिएन ।’ उनले भने । त्यसैले पनि खेती गर्ने किषानको मनोवल बढेको हुन् सक्छ । र अवैध गाजा खेती रोकिएको छैन । उनले भने ।
उनले गाजा खेती नियन्त्रयण गर्ने हो भने गाजा खेती गर्ने किषान र सर्व साधरणलाई पक्राउ गरेर कानूनी कार्यवाहीमा ल्याउनु पर्ने बताए ।‘ खेती गर्नेलाई नपक्रने हो भने वर्षेनी गाजा नष्ट गर्ने नाटक गर्नुको कुनै औचित्य छैन ।’ उनले भने ।


गाजा खेती गर्ने जोकोहीलाई पक्राउ गर्दै कार्यवाही गर्दै जाने
हो । भने अवैध गाजा खेती तत्काल बन्द हुने उनको बुझाई छ ।
प्रहरीको लागू औषध नियन्त्रणमा ब्यूरोले मकवानपुर, सुनसरी, सिराहा, पर्सा, बार सहित उदयपुर जिल्लालाई गाजा खेतीको उच्च जोखिममा राखेको छ । व्युरोले लामो अध्ययन गरेर ति ६ वटा जिल्लामा व्यावसायी रुपमा गाजा खेती हुँदै आएकोले जोखिमपूर्ण समूहमा राखेको छ । नेपालबाट उत्पादित गाजा र त्यसबाट बनाईएको चरेस सडक मार्ग हुदै भारत र चिनमा पुग्ने गरेको व्यूरोको रिपोर्टमा उल्लेख छ ।

प्रहरीले एक महिना अघि पनि ताप्लीबाट केही रोपनीमा लगाएको गाजा खेती नष्ट गरेको थियो । तर प्रहरी टोली पूरै गाजा खेती हुने अन्य ईलाकामा भने पुगेको छैन ।
पहाडी दुर्गम भेगमा पनि यो वर्ष किषानले अवैध गाजा खेतीलाई निरन्तरता दिदै आएका छन् । ‘ प्रहरीले ताप्लीमा पाकिसकेको गाजालाई नष्ट गरेर गाजा काट्ने काम भने गरेको छ ।’ स्थानीय युवा विजय कुमारले भने । किषान आफैले काट्ने बेलामा प्रहरीले नष्ट गर्ने नाममा झनै उनीहरुलाई सजिलो बनाई दिएको उनले भने ।‘ गाजाको नया विरुवा लागाउने बेलैमा रोक्नु पर्छ । पाकी सकेर बजार पठाउने बेला नष्ट गर्नुको कुनै अर्थ छैन ।’ ठानागाउँ पिपलेका नर वहादुर ठकुरीले भने ।

उदयपुरमा व्यावसायी गाजा खेतीको कुनै अभिलेल वा तथ्याकं छैन । तर पनि माओवादी द्धन्द कालमै जिल्लाको पहाडी भेगमा हुन थालेको स्थानीयको भनाई छ । द्धन्दको बेला प्रहरी शहरमा केन्द्रित बनेपछि स्थानीय किषानले खुलेआम गाजा खेती गर्दै आएको उनीहरुको भनाई छ ।
वि.स. २०४७ सालदेखि पश्चिम–उत्तरको रुपाटार र ओख्ले हुदै गाजा खेती शुरु भएको हो । आम्दानीको हिसाबले मनग्य फाईदा पाउने हुदा पूरै गाउँले गाजा खेती तर्फ आकर्षित बनेको पूराना शिक्षक केशब ज्यू ठकुरीले बताए ।

गाजा रोपेपछि कार्तिक, मंसिर मै पहिलो लट तयारी भएर बजार पुग्ने छ । दोश्रो र तेश्रो लट माघ र फागुनमा तयार
हुन्छ । तयार भएको गाजा खरिद गर्न भारतीय किषान गाउँमै आईपुग्छन् । गाजा खेती गर्दै आईरहेका किषानहरुलाई वैकल्पिक पेशा सृजना नगरिदा गाजा खेती नरोकिएको ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धब सिंह थापाले बताए ।‘ सरकारले खेती गर्ने किषानलाई कुनै विकल्प दिन सकेको छैन । अनि कसरी गाजा खेती रोकिन्छ ?’ उनले भने । केन्द्रिय स्तर बाटै आय आर्जनको अन्य विकल्प उनीहरुलाई दिनु पर्ने उनले बताए ।

 गत वर्ष गाउँपालिकाले उनीहरुलाई विकल्प दिन सुन्तला, कागती र नासपती खेती तर्फ अग्रसर गराएर विरुवा वितरण गरेको थियो । तर त्यो काम प्रभावकारी हुन नसकेको अध्यक्ष थापाले बताए ।

उदयपुरको गाजा भारतमा
जिल्लामा उत्पादित गाजाको प्रमुख बजार भारत रहेको किषानहरु बताउछन् । यहा उत्पादित सबै गाजा भारत
जान्छ । गाजा किन्न मात्र हैन, उन्नत विऊ विजन समेत भारतीय व्यापारीले ल्याउने गरेको ताप्लीका गाजा खेती गर्दै आईरहेका एक किषानले बताए ।

ताप्ली, ठानागाउँ मादले, भुटार, रुपाटार लगायतका ठाउँहरुमा गाजा खेतीको लागि सुहाउदो र अनुकुल रहेकोले भारतीय व्यापारीहरुले किषानलाई  खेत ीगर्न अिभप्रेरित गर्ने गरेकाछन् । विऊ विजन वितरण गाजा खरिदको लागि अग्रीम पेश्की समेत उनीहरुले किषानलाई दिने गर्नाले गाजा खेती तर्फ स्थानीयको आकर्षण बढेको रुपाटारका शंकर पोखरेले बताए ।

भारतीय बजारमा विक्रीको लागि पुग्ने गाजाको कुनै तथ्याकं नभए पनि झण्डै वार्षिक ५० करोड भन्दा बढी मूल्यको गाजा भारततर्फ निकासी गरेको स्वयम् गाजा खेतीमा संलग्न किषानहरु बताउछन् । एक जनाले १ करोड सम्मको गाजा विक्री गरेको सुनेको छु । तर त्यसको कुनै पुष्टि भएको छैन ।
गाजा खेतीमा संलग्न एक किषानले बताए ।‘ मैले वार्षिक २० लाख सम्मको कारोवार गरेको छु ।’ उनले नाम गोप्य राखी दिन आग्रह गर्दै भने ।

२,४ लाखको गाजा त धेरैले विक्री गर्दै आएका छन् । यो हिसाबले पनि ठूलो परिणाममा भारत तर्फ गाजा निर्यात हुने गरेको उनले बताए ।

जिल्लाको पहाडी भेगमा उत्पादित गाजा तावा खोला, रिस्कु हुदै पूरै क्षेत्रबाट सिराहाको मुक्सार हुँदै भारतको विहार निकासी हुँदै आएको छ । तयारी गाजा निकासीमा स्थानीयलाई भरिया बनाई भारतीय व्यापारीहरु आफै निकासी गर्दै आईरहेको छ ।



















                                                                                                                             

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.