Websoft University

नहरमा बग्दै गरेको मानिसको उद्धार


सुनसरी, पौष २८ गते । रातो तारा डट कम,सुनसरीको बराहाक्षेत्र नगारपलिका-४ चतरा नहरमा बग्दै गरेका १ जना मानिसको प्रहरीले उद्धार गरेको छ ।

शुक्रवार दिउँसो २ बजेको समयमा नहरमा एक जना मानिस बगिरहेको भन्ने स्थानीय बालबालिकाहरुले जानकारी गराउना साथ तत्काल प्रहरी चौकी भरौलबाट खटिएको प्रहरी टोलीले नहरमा बगिरहेका तत्कालिन भोजपुर वासीङ गाबिस ७ ठेगाना भएका ३२ बर्षीय रमेश बिष्टलाई उद्धार गरेको हो ।

बिष्टको साथमा रहेको नागरीकताको आधारमा  ठेगाना र नाम खुल्न आएको हो भने निजको साथमा ९६१० नगद समेत रहेको साथै निजको हाल बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.