Websoft University

देश सृमद्धि हुँदै समाजबादी क्रान्तीको बाटोमाः प्रचण्ड



काठमाण्डौं,पुस १७ गते । रातो तारा डट कम,नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब देश समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको नयाँ बाटोमा तिर जान लागेको बताउनुभएको छ ।

नेत्रबिक्रम चन्द नेतृत्वको समूहबाट आएका नेता तथा कार्यकर्ताहरुलाई आफ्नै निवास खुमलटारमा पार्टी प्रवेश गराउँदै प्रचण्डले नयाँ बाटोमा भएपनि आफूहरुले आफ्नो आदर्श र उद्देश्य नछोडेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले बिद्रोह र शान्तिपूर्ण आन्दोलनलाई समायोजन गरेर र क्रान्तिकारी पार्टी र संसदवादी पार्टीहरुबीच समझदारी गराएर गणतन्त्र र समावेशी सम्भव भएको बताउनुभयो । प्राप्त उपलब्धि सानो र सजिलो गरी नभइ हजारौंको बलिदानबाट भएको भन्दै प्रचण्डले समाजवादको यात्रा महान गम्भीर र लामो यात्रा भएको बताउनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.