Websoft University

सवारी दुर्घटनमा ४ घाईते


मोरङ्, मंसिर १५ गते । रातो तारा डट कम,मोरङको २ छुट्टा छुट्टै स्थानमा आज सवारी दुर्घटना हुँदा ४ जना घाईते भएका छन । बिहान ०७:३० बजेको समयमा जिल्ला मोरङ् सुन्दर हरैचा नगरपालिका-१० स्थित खोर्साने केराबारी सडक खण्डमा खोर्साने बाट केराबारी तर्फ जादै गरेको को ५ प ६२९९ नंबरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुदा २ जना घाईते भएका छन ।

दुर्घटनामा मोटरसाईकल चालक बेलबारी १ वस्ने वर्ष ३३ को प्रकाश राई र सोहि मोटरसाईकलमा पछाडि सवार सोही स्थान वस्ने वर्ष २१ को आमोस मगर घाईते भएका थिए । घाईते दुबै जनालाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर तर्फ लगीएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ  ।

यसैगरी आज दिउँसो १०:३० बजेको समयमा मोरङको बुढीगंगा गाउँपालिका-३ निमुवा चोकमा पिकअप र मोटरसाईकल एक आपसमा दुर्घटना हुँदा २ जना घाईते भएका छन । कोशी राजमार्गमा दक्षिण तर्फ जादै गरेको को १ च ६५२० नंबरको पिकअप र  बिपरित दिशा बाट आउदै गरेको को ३१ प ६४५ नंबरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाईकल चालक जिल्ला सुनसरी ईटहरी उप-महानगरपालिका-१३ खनार बस्बे बर्ष २२ को रोसन चौधरी र गाडि चालक जिल्ला उदयपुर ठोक्सिला ९ बस्ने दिनेश बस्नेत घाईते भएकोले  BMC  गंगा चोकमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ  ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.