Websoft University

हे गोरी गीतको भिडियो सार्वजनिक


काठमाण्डैं, मंसिर २३ गते । रातो तारा डट कम,बुबी विगी विजेता कविता नेपालीलाई फिचर गरिएको हे गोरी गीतको भिडियो सार्वजनिक भएको छ । गायक प्रराज पौडेल र गायिका सुजाता बर्माको स्वर रहेको गीतमा पुषकर राज पन्तको शब्द रहेको छ भने संगीत शंकर थापा स्माइलको रहेको छ ।

 भिडियोमा कवितासंगै पुस्कर फिचर्ड छन् । अर्जुन अधिकारीको निर्देशन रहेको भिडियो उत्सव दाहालले खिचेका हुन् भने सम्पादन सुशील न्यौपानेको रहेको छ । भिडियो कोरियोग्राफी प्रशान्त तामाङले गरेका हुन्। फिल्म ठुलीको निर्माता समेत रहेका पन्तले भिडियोको निर्माण गरेका हुन् ।

विभिन्न कविता संग्रह समेत सार्वजनिक गरिसकेका पन्तले यस गीत तथा भिडियोबाट आफुले निकै आशा गरेको बताए । त्यस्तै गायक प्रराज र गायिका सुजाता बर्माले क्लव सङ पछिल्लो समय नेपालमा चलिरहेको कारण दर्शकले हे गोरीु गीत मन पराउने बताए ।

लभ सङको भिडियो निर्देशनमा बढी रुचाइएका निर्देशक अर्जुन अधिकारी भिडियोको बारेमा भन्छन्  । मलाई विशेषत लभ सङको भिडियोमा रुचाइएको छ । तर, मेरो पर्सनल इन्ट्रेस्ट र मन भने यो खालका भिडियो निर्देशनमाछ । प्रयोग गर्न रुचाउने मान्छे हुँ । यो भिडियो अर्को प्रयोग हो मेरालागि आशा छ दर्शकले मनपराइदिनु हुनेछ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.