Websoft University

ट्याक्टरको ट्रलीले किचेर सह-चालकको मृत्यु


धनकुटा, मंसिर २२  गते । रातो तारा डट कम,धनकुटाको धनकुटा नगरपालिका-२ भीरगाउँमा बिहीबार ट्याक्टरको ट्रलीले किचेर ट्याक्टरको सह-चालकको मृत्यु भएको छ । साँझ साढे ७ बजेको समयमा ट्याक्टरको ट्रलीले किचेर पाख्रिवास नगरपालिका-३ घर भई हाल धनकुटा-३ मालबासे बस्ने वर्ष ३१ को दिपक राईको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

राईलाई कुलो बनाउनको लागि को.२ त. ६९७४ नम्बरको ट्याक्टरबाट बालुवा अनलोड गर्ने क्रममा ट्रली मुनि रहेको नटबल्टु चेकजाँच गर्ने क्रममा अचानक ट्रलीको हाईड्रोलिक भाँचिएर किचेको थियो । घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पूरा गरी शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटाको शवगृहमा राखिएको छ भने ट्याक्टर र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.