Websoft University

मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु १ घाइते


मोरङ, मंसिर २७ गते । रातो तारा डट कम,मोरङको ग्रामथान गाउँपालिका-६ ज्ञानी चौकमा बुधवार राती भएको मोटरसाईकल दुर्घटनामा परि चालकको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

राती ११ बजेको समयमा मोरङ्ग सुनसरी सिँचाई आयोजनाको नहरको बाटोमा पूर्वबाट-पश्चिम तर्फ आउँदै गरेको को ३३ प ५६४० नम्बरको मोटरसाईकल आँफै अनियन्त्रित भई पुलबाट नहरमा खसि घाइते भएका चालक तत्काल पहिचान नखुलेका अन्दाजी २६ वर्षको पुरुष र सोही मोटरसाइकलमा पछाडी सवार इटहरी उप-महानगरपालिका-११ बस्ने वर्ष २५ को नरेश चौधरी घाइते भएका थिए ।

दुर्घटनामा गम्भीर घाइते दुबैलाई उपचारको लागि न्यूरो अस्पताल बिराटनगर पठाइएकोमा उपचारको क्रममा मोटरसाईकल चालकको सोही अस्पतालमा मृत्यु भएको हो भने चौधरीको सोही अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.