Websoft University

शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज ३ वटा खेल हुने


काठमान्डौ,मंसिर २३ गते । रातो तारा डट कम,शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत आज ३ वटा खेल हुने भएका छन् ।  सातदोबाटोमा २ वटा र एपीएफ मैदान हलचोकमा एउटा खेल हुने छ ।

एन्फा मैदान सातदोबाटोमा बिहान ११ बजे हुने खेलमा बिभागीय क्लब एपीएफ र सरस्वती युवा क्लब भिड्नेछन् । दिउँसो साढे २ बजे एन्फा मैदानमा थ्री स्टार र जावलाखेल युथ क्लब भिड्नेछन् ।

आज नै दिउँसो साढे २ बजे एपीएफ मैदान हलचोकमा च्यासल युथ क्लब र फ्रेण्ड्स क्लब भिड्नेछन् । ७ अंक जोडेको च्यासल सातौं स्थानमा रहँदा ५ अंक जोडेको फ्रेण्ड्स १०औं स्थानमा छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.