Websoft University

अवैध सामान सहित २ पक्राउ

[ फायल फोटो]
मोरङ, मंसिर १९  गते । रातो तारा डट कम,मोरङको बिराटनगर महानगरपालिका-१६ को बिभिन्न स्थानबाट प्रहरीले अन्दाजी ८५ हजार मूल्य बराबरको अवैध सामान सहित २ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१६ बस्ने बर्ष २१ को धनराज साह
र बर्ष २१ को श्रवण यादवलाई पक्राउ गरिएको हो ।

भारतबाट नेपाल तर्फ बि. आर. ३८ एन. ९५२७ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छलि ल्याउँदै गरेको १० पिस उनि सुईटर बरामद गरेको हो । कपडा सहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि बिराटनगर भन्सार कार्यालय रानी बुझाईने उक्र कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.