Websoft University

जुनियर ग्रेडेड ट्यालेन्ट हन्ट प्रतियोगिता सम्पन्न


विराटनगर,मंसिर २१ गते । रातो तारा डट कम, विराटनगर ८ मा रहेको ग्रेडेड बोर्डिङ स्कुलले आयोजना गरेको जुनियर ग्रेडेड ट्यालेन्ट हन्ट प्रतियोगिता सम्पन्न भएको छ ।

स्कुल परिसरमा बिहिबार एक कार्यक्रमको बिच ट्यालेन्ट हन्ट सम्पन्न गरेको हो । विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजना गरेको यस प्रतियोगिताको नर्सरीदेखि एसकेजी नृत्यको तर्फ प्रथम एसकेजी की मनिक्षा श्रेष्ठ घोषित भइन् ।

त्यस्तै द्धितीय एसकेजीका मनिस कटुवाल तथा तृतीय एसकेजीकी जिया भगत भइन् । त्यस्तै १ कक्षादेखि ३ सम्मको गायनतर्फको प्रथम  कक्षा २ का प्रसद्धि प्रधान द्धितीय कक्षा २ कै राशना तामाङ र तृतीय सदिक्षा बस्नेत घोषित भइन् ।  नृत्यतर्फ कक्षा ३ का राज पराज’ली प्रथम भए भने कक्षा २ का निराजन मिश्रा दृतिय तथा कक्षा २ कै प्रसय विष्ट तस्रो भएका छन् ।

प्रतियोगिताको फाइनलमा नृत्यतर्फ ५९ जना र गायनतर्फ ५ जना रहेको स्कुलका प्रिन्सिपल प्रेमलाल सिंह स’वालले जानकारी दिए । प्रतियोगिताको निर्णायकह?मा नृत्य निर्देशक कविता श्रेष्ठ, मनोज राजवंशी र राजन राई रहेका थिए  । उक्त प्रतियोगिताको कोरियाग्राफर मनोज राजवंशीले गरेका थिए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.