Websoft University

पूर्वप्रधानमन्त्री तुलसी गिरीको निधन


काठमाण्डौं,पुस ३ गते । रातो तारा डट कम,पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको आज बिहान निधन भएको छ । पारिवारिक स्रोतकाअनुसार आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९३ वर्षीय गिरीको निधन भएको हो ।

राजाको प्रत्यक्ष शासनका बेला मन्त्रिपरिषदको उपाध्यक्ष बनेका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित हुनुहुन्थ्यो । कलेजोमा क्यान्सर रोग लागेका गिरी यसअघि करिब १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना हुनु भएको थियो ।

राजा महेन्द्रले २०१७ सालमा पञ्चायती व्यवस्था स्थापना गर्नुपूर्व नेपाली काँग्रेसका नेता रहेका गिरी त्यसपछि पञ्चका रूपमा चिनिनु भएको थियो । २०५९ सालमा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि गिरी मन्त्रिपरिषदको उपाध्यक्ष बन्नु भएको थियो ।

गरीका श्रीमती, २ छोरा र २ छोरी छन् । गिरीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान निवासमै राखिने जनाइएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.