Websoft University

कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७५’ आइतबारदेखि जारी


काठमाडौं,मंसिर२४गते । रातो तारा डट कम,गत साता मन्त्रिपरिषदले पारित गरेको ‘कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७५’ आइतबारदेखि जारी भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार सो अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालय शीतलनिवासका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिए ।

तत्काल संसद चाल नरहेको र प्रदेश तथा स्थानीय तहमा कर्मचारहिर बिन्यास गर्न ढिलाइ भएको अवस्थामा सरकारले संसदलाई छलेर अध्यादेश ल्याएको हो ।

सरकारले निर्णय गरेको एक सातासम्म अध्यादेश  शीतल निवास नपुगेपछि उच्चपदस्थ सरकारी अधिकारीहरुबाट चलखेल भएको समाचार अनलाइनखबरले यसअघि प्रकाशित गरेको थियो । अन्ततः मन्त्रिपरिषदको निर्णयलाई एक हप्तापछि राष्ट्रपतिले स्वीकृति प्रदान गरेकी छिन् ।














Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.