Websoft University

राखेको ट्याक्टरमा मोटरसाईकल ठोक्किँदा १ जनाको मृत्यु


बिराटनगर पुस १ गते । रातो तारा डट कम,संखुवासभाको खाँदवारी नगरपालिका नगरपालिका-११ सभाखोलामा रोकी राखेको ट्याक्टरमा मोटरसाईकल ठोक्किँदा १ जनाको मृत्यु भएको छ ।

साँझ सवा ७ बजे चैनपुर-खाँदवारी सडक खण्डमा रोकेर राखेको को १ त ६५९९ नम्बरको ट्याक्टरमा चैनपुरबाट खाँदबारी तर्फ आउँदै गरेको को २८ प २५३  नम्बरको मोटरसाईकल ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा परि मोटरसाईकलको पछाडी खाँदबारी नगरपालिका-८ बस्ने बर्ष २८ को लहरी श्रेष्ठको घटस्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

मोटरसाईकल, ट्याक्टर र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ, मृतकको शव परिक्षणको लागि जिल्ला अस्पताल खाँदवारीमा राखिएको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.