Websoft University

करेन्ट लागेर मृत्यु


झापा, मंसिर १६ गते । रातो तारा डट कम,झापाको झापा गाउँपालिका-६ मा रहेको सानो माई खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।

शनिवार साँझ १७:४० बजेको समयमा सानो माई खोलामा माछा मार्न गएका झापा गाउँपालिका-६ का २५ बर्षीय बिक्रम भुजेलको बिजुलीको पोलबाट परेन्ट तानी माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी टोली खटी गई कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागि मेची अञ्चल अस्पताल पठाएको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.