Websoft University

छुरा प्रहारबाट आफ्नै बावुको हत्या


मोरङ, मंसिर २९ गते । रातो तारा डट कम,मोरङको विराटनगर महानगरपालिका-१७ धुनिया बस्तिमा बिहीवार १ व्यक्तिले छुरा प्रहार गरी आफ्नै बावुको हत्या गरेका छन् ।
छुरा प्रहारबाट सोही स्थान बस्ने बर्ष ५० को शसि मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

राती साढे ९ बजेको समयमा शसि मण्डल, निजको जेठी श्रीमतीको छोरा बर्ष २५ कोआकाश मिया मण्डल र शसि मण्डलको कान्छी श्रीमतीको छोरा बर्ष २२ को चुनु
मण्डल बिच घरायसी बिवाद हुँदा चुनु मण्डलले धारिलो हतियार छुरा प्रहार गरेका थिए ।

छुरा प्रहारबाट गम्भीर घाइते मण्डललाई उपचारको लागि नोवेल अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा राती साढे १० बजे मृत्यु भएको थियो ।

छुरा प्रहारबाट सौतेनी दाजु आकाश मण्डल समेत घाइते भई सोही अस्पतालमा उपचार भईरहेको छ । छुरा प्रहार गर्ने मण्डललाई पक्राउ गरी थप अनुसन्धान भईहेको
जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.