Websoft University

जंगली हात्तिको आक्रमणबाट १जनाको मृत्यु


श्याम राई-उदयपुर,गाईघाट मंशिर २७ गते ।
रातो तारा डट कम जंगली हात्तिको आक्रमणबाट उदयपुरको बेलका नगरपालिकाको कोशी टप्पुमा एक जनाको मृत्यु भएको छ ।

कोशी टप्पु क्षेत्रको खयरबारीमा घास काट्न गएका बेलका वडा न. ३ का ५० वर्षिया बुद्धिमान तामाङ्गको बुधबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एस.पी. चन्द्रदेब राईले बताए ।

घास काट्न गएका मगर राती अवेरसम्म पनि घर नफर्किएपछि खोज्दै जादा घासे जंगलमा क्षतविक्षत अवस्थामा उनको शब घासे मैदानमा विहीबार विहान फेला परेको एस.पी राईले बताए ।

जंगली हात्तिले जिल्लाको पूर्वि क्षेत्रको रामपुर, तपेश्वरीमा वर्षेनी क्षति पु¥याउँदै आएको छ । हात्तिले स्थानीयको घर भत्काउनुको साथै अन्नवाली र खाद्यान समेत नष्ट गर्दै आएको छ ।

जंगली हात्तिको आक्रमणबाट सो क्षेत्रमा विगतमा पनि सर्व साधरणको मृत्यु भएको प्रहरीले जनाएको छ । हात्तिको आक्रमणबाट ज्यान गुमाउने परिवारले अझ सम्म कुनै क्षतिपूर्ति नपाएको बेलका नगरपालिकाका मेयर दुर्गा थापाले बताए ।

मृतक मगरको परिवालाई किरीया खर्च वापत १० हजार नगद उपलब्ध गराईएको मेयर थापालेबताए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.