Websoft University

बलेरो दुर्घटनामा ८ घाइते


ईलाम, कार्तिक १९ गते । रातो  तारा  डट  कम,ईलामको माङ्सेबुङ गाउँपालिका-३ स्थित भित्री सडक खण्डमा आईतवार दिउँसो बलेरो गाडी अनियन्त्रित भई दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । करिब दिउँसो साढे ३ बजेको समयमा पाँचथरबाट झापा जाँदै गरेको मे १ ज ३५७ नम्बरको बोलेरो गाडी घुमाउरो बाटोमा मोड्ने क्रममा आफै अनियन्त्रित भई सडकको भित्तामा पल्टिएको थियो ।

 दुर्घटनामा परि गाडिमा सवार पाँचथर तुमेवा गाउँपालिका-४ बस्ने बर्ष ३० को मौसम साम्बा, निजको श्रीमती बर्ष २४ को शर्मिला साम्बा, निजको छोरी बर्ष ५ की सुम्निमा साम्बा, सोही ठाउँ बस्ने बर्ष ४५ को शेर बहादुर खत्री, बर्ष ४६ को छवीलाल खड्का, बर्ष १९ को डिका खत्री, ईलाम माङ्सेबुङ गाउँपालिका-३ बस्ने बर्ष २९ को अमित साम्बा, र झापा दमक नगरपालिका-१ बस्ने बर्ष २५ को मधुमाया भट्टराई घाइते भएका हुन् ।

घाइते आठै जनालाई उपचारको लागि दमक पठाईएकोमा उपचार पश्चात डिस्चार्ज भएकोका छन् भने बलेरोका चालक फरार रहेकोले खोजीकार्य भईरहेको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.