Websoft University

लागूऔषध सहित २ जना पक्राउ


सुनसरी, कार्तिक १६ गते । रातो तारा डट कमसुनसरीको ईटहरी उप-महानगरपालिका-६ स्थित खेतिखोला पुलबाट प्रहरीले बुधबार लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ ।

सि.आर.भी बसपार्कबाट खटिएको प्रहरीको टोलीले राती १२ बजे लागूऔषध सहित लेटाङ नगरपालिका-४ बस्ने बर्ष १७ को रबिन मलिक र बर्ष १८ को वसन्त शिवालाई पक्राउ गरेको हो ।

मादक पदार्थ सेवन गरी शंकास्पद अवस्थामा हिडिरहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा नाईट्रोजन ट्याब्लेट २० थान फेला पारी बरामद गरेको हो । पक्राउ परेका

दुवैजनालाई इलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनसुन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.