Websoft University

ललिता राउतलाई किर्ते गरेको अभियोगमा प्रहरीले पक्राउ गर्यो

{फायल फोटो}

श्याम राई/ उदपुर-गाईघाट, कार्तिक १५ गते । रातो तारा डट कम,सर्वोच्च अदालतका न्यायधिस प्रकाशमान सिंह राउतकी पत्नी ललिता राउतलाई किर्ते गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । आफ्नै श्रीमान्को हस्ताक्षर र औँठाछापको किर्ते गरेको अभियोगमा उनलाई सोमबार पक्राउ गरीएको
हो  । उनी सँगै दाजु बाबुराम चौहान, शिब शंखर र वुनु चौहान पक्राउ परेका छन् । अर्कि भाउजु भोजकुमारी भने फरार रहेको प्रहरीले जनाएको छ ।

सर्वोच्चको वरिष्ठ न्यायधिसको पारिवारिक सदस्य सम्लग्न रहेको किर्ते मुद्धाको घट्ना भएकोले प्रहरीले गोप्य राखेको थियो । प्रहरीले सोमबारको घट्ना भएपनि संचारकर्मी लाई अझै जानकारी गराएको छैन । जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रहरी प्रमुख एसपि चन्द्रदेव राईले उक्त घट्नाको विस्त्रित विवरण ईलाका प्रहरी कार्यलय कटारी सँग लिन भन्दै पन्छिने गरेका छन् । तर घट्नाको पुष्टि भने उनले गरेका छन्.।‘अरुबेला मेल गरेर घट्नाको जानकारी गराउने प्रहरीले यो घट्ना लाई भने गुपचुप राखेको पत्रकार माहासंघ उदयपुरका पूर्व सभापति एवं राजधानी दैनिकका उदयपुर सम्बाददाता ईश्वर तामाङ्गले बताए ।

मैले एसपिलाई टेलिफोन गरेर जानकारी माग्दा ईलाका प्रहरी कार्यलय सँग बुझेर घट्नाको विवरण लिनु भन्दै एसपि राई पन्छिनु भयो । तामाङ्गले भने। उनले यो घट्नालाई सार्वजनिक नगर्नुमा सर्वोच्चका न्यायधिसकै पारीवारिक सदस्यको सम्लग्नता भएकोले प्रहरी पन्छिन खोजेको हुन सक्ने बताए । न्यायधिस पत्नी ललिताले पतिको किर्ते हस्ताक्षर र औँठाछाप प्रयोग गरी अर्काको बच्चालाई आफ्नो बनाई जन्मदर्ता गराएकि थिईन् ।

उनकै ससुरा बल बहादुर राउतले प्रहरीमा उजुरी दिएपछि ईलाका प्रहरी कार्यलय कटारीले सोमबार उनलाई पक्राउ गरेको थियो । गत असोज महिनामा कटारी नगरपालीका ३ बाट वावु प्रकासमान राउत, आमा ललिता र बाजे बल बहादुर उल्लेख गरी नवजात शिसुको जन्म दर्ता बनाएको ससुराले प्रहरीमा हालेको उजुरीमा उल्लेख छ । विगत केहि बर्ष देखि घरायसी कारण ललिताको ससुरा सँगको सम्बन्ध बिग्रिएको स्थानिय छिमेकी हरु बताउँछन् । उनी धेरैजसो काठमाडौंमा पतिसँगै बस्दै आएकी छिन् ।

प्रहरीले अझै विस्त्रित विवरण खुलाएको छैन । र संचारकर्मी लाई कुनै जानकारी दिएको छैन । उनिहरु चारैजना माथि किर्ते मुद्धामा म्याद थप गरी अनुसन्धान भैरहेको एसपि राईले
बताए । घट्ना सार्वजनिक भए लगतै कटारी नगरपालिका वडा ३ वडा कार्यलयले किर्ते गरी बनाएको जन्मदर्ता बदर गरिएको छ । वडा अध्यक्ष रामबहादुर पोख्रलले किर्ते गरेको घट्ना सार्वजनिक भए लगतै उक्त जन्मदर्ता बदर गरिएको बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.