Websoft University

कागतिहार - आजबाट यमपञ्चक शुरू

बिराटनगर कार्तिक १९ गते । रातो तारा डट कम, आजबाट यो वर्षको यमपञ्चक शुरू भएको छ । यमपञ्चकको पहिलो दिन कागतिहार मनाउने गरिन्छ । कागलाई पूजाआजा गरी स्वादिष्ट खानेकुरा खुवाउने चलन छ । कागलाई छुट्याइने भोजनलाई काकबलि भनिन्छ ।
आजैका दिन दिदीबहिनीहरूले दाजुभाइलाई भाइटीकाको निम्ता दिने गर्छन् । कागलाई यमदूतको रूपमा स्वीकार्ने गरिएको छ । काग मृत्युदेव यमराजको दूत भएका कारण उसले यमलोकमा रहेका हाम्रा पूर्वजहरूको आत्मालाई हाम्रो बारेमा बताइदिने गरेको मान्यता रहिआएको छ ।
पाँच दिनसम्म विभिन्न जनवारसहित दाजुभाइको पूजा गर्दै तिहार समापन गरिने प्रचलन रहेको छ । दोस्रो दिन कुकुरको पूजा गर्ने गरिन्छ । कुकुरलाई विभिन्न मिष्ठान्न भोजन दिँदै माला लगाइदिने चलन रहेको छ ।
त्यस्तै तेस्रो दिन गाई पूजा गरिन्छ भने सोही दिन साँझ लक्ष्मीपूजा गर्ने गरिएको छ । घर–घरमा दीप प्रज्वलन गर्दै लक्ष्मीपूजा गर्ने चलन रहेको छ । चौथो दिन गोरु पूजा गर्ने प्रचलन रहेको छ ।
त्यसदिन गोरुलाई मिष्ठान्न भोजन दिने गरिन्छ । पाँचौं दिन भाइ पूज्ने प्रचलन रहेको छ । दिदीबहिनीले दाजुभाइलाई पुज्ने गरेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.