Websoft University

गछिया प्रहरीले अवैध मिक्स गिट्टी उत्खननमा सक्रिय तीन वटा ट्याक्टर नियन्त्रणमा लियो


शिव भट्टराई - सुनसरी कार्तिक १५ गते । रातो तारा डट कम,
प्रहरी चौकी गछियालेअवैध मिक्स गिट्टी उत्खननमा सक्रिय तीन वटा  ट्याक्टर यस कार्यालयको गस्ती टोलिले नियन्त्रणमा लिएको छ।प्रहरीले को २ त ७४८६ ,को २ त १९०६ , र को २ त ४३४६ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको हो।

सुन्दरहरैचा ६ र ७ को बीचमा अवस्थित गछिया खोलाको निषेधित क्षेत्रबाट सो ट्याक्टर नियन्त्रणमा लिएको प्रहरी चौकी गछियाले जनाएको छ।निषेधित क्षेत्रमा अवैध रुपमा मिक्स गिट्टी उत्खनन गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

नियन्त्रणमा लीईएको ट्याक्टरलाई कारवाहीको लागि सुन्दरहरैचा नगरपालिका पठाएको गछिया प्रहरीले जनाएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.