Websoft University

बसको ठक्करबाट मोटरसाईकल चालकको मत्यु

मोरङ,कार्तिक २०  गते । रातो  तारा  डट  कम,मोरङको विराटनगर महानगरपालिका-३ स्थित मुनाल पथमा सोमवार बसकोठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ । बिहान १० बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको ना ५ ख ४५१३ नम्बरको बसले सोही दिशा तर्फ जादै गरेको को १० प ६२५९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाईकलमा सवार बिराटनगर ५ बस्ने ३८ बर्षीय मनोज कुमार मोदी गम्भीर घाइते भई उपचारको लागि बिराट नर्सिङहोम बिराटनगर पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा बिहान १०:४५ बजे मृत्यु भएको हो ।

मृतकको शव पोष्टमार्टम पश्चात आफन्तको जिम्मा लगाईएको छ भने बस र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.