Websoft University

दण्डहीनताको अन्त्य बिषय गोष्ठी सम्पन्न

बिराटनगर,कार्तिक ३० गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघ मोरङ शाखा र फ्रिडम फोरमलेदण्डहीनताको अन्त्य बिषय गोष्ठी आज आयोजना गर्यो । कार्यक्रमका प्रमुख अतिथि—प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमत कुमार कार्कीले पत्रकारीतामा दण्डहीनताको अन्त्य हुनु पर्छ, तर राज्यको चौथो अंङ्ग पत्रकारहरुले समचार बनाउदा बिचार पु¥याउनु उचित रहने कुरा औल्याउदै,व्यवसायिक पत्रकारीता मात्र हुने भए, सुचनाको हक सजिलै प्राप्त हुनेछ र राम्रो सकारात्मक पत्रकारीता हुनु उचित हुने बताउनु भयो ।

सघीय फोरम नेपालका संसदिय दलका नेता जयराम यादवले पत्रकारीतामा मात्र नभएर सबै क्षेत्रमा दण्डहिनताको अन्त्य हुनु पर्ने बिचार राख्दै,सबैले बिचारलाई परिर्वतन गरेर काम गर्नु पर्छ भन्नु भयो ।

मोरङ जिल्ला समन्वय समिति संयोजक नरेस पोखरेलले बिधिको शासनमा बिश्वस गर्ने हामी सबैले सकारात्मक भएर कलम चलाउनु पर्छ र कानुनको परिधि भित्र रहेर सबैले काम गर्नु पर्छ । पत्रकारहरुले पनि कानुन सम्त कलम चलाउनु उचित हुने भन्द,ै कार्यक्रम सफलताको शुभकामना दिनु
भयो ।

राष्ट्रिय मानव अधिकार आयोगका १ नम्वर प्रदेश प्रमुख मोहन मदेव जोशी पत्रकारीता क्षेत्र आवज बिहिनहरुको आवाजलाई सकारात्मक भएर सुसोजित गराउने जनताकै हितमा काम गर्ने पत्रकारीता क्षेत्रको दण्डहीनताको अन्त्य हुनु पर्छ भन्नुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केशीले आफै सकारात्मक भए त्यस्ता निम्तिने घटनाहरु बिस्तारै जटिलताबाट कम हुदै जाने छन, भन्दै कार्यक्रम सफलताको शुभ कामना दिनु भयो ।

१ नम्वर प्रदेश प्रहरी प्रमुख केखार प्रसाख रिजालले दण्डहीनतालाई कम गर्न प्रहरीले समुदायमा आधारित सामुदायिक कार्यक्रमहरु सुरु गरेको बताउनु हुदै,यसमा सबै क्षेत्रको साथ सहयोग चाहिन्छ भन्नु भयो ।

नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश सभापति बिक्रम लुइटेलले बिगत देखि आज सम्मका कुरा समिक्षा गर्दै,पत्रकारहरुले यो देशमा गणतन्त्र ल्याउने राजनीतिक पाटी सगै हिडेका छन लडेका छन तर अहिले तिनै सहयात्री सत्तामा पुग,े बिगतमा पत्रकार मार्ने सम्मका काम हुने भएकाले अव दण्डहीनताको अन्त्य हुन्छ की भन्नेको त फेरी सत्ता धारीहरुले कानुनै बनाएर पत्रकारहरुका हातखुट्टा बाधेर अहिलेहिडन लगाइरहेकोछ ।

अहिले पत्रकारका सबै अङ्ग पाता फर्काएर सुचना लुकाएर गालिगलोज गरेर दण्डहीनता कसरि अन्त्य हुन्छ ? भन्ने प्रश्न गर्नु भयो ।

फ्रिडम फोरमका डिक घिमिरेले यो संस्था २०६२ साल तिर महासंघका पुर्व सभापति तारानाथ दाहाल,धर्मेन्द्र इाा समेत स्थापना गर्नु भएको सस्था हो, भन्दै अहिले सम्म दण्डहीनताको बिषयमा काम गर्दैआएको जानकारी गराउनु भयो ।

नेपाल पत्रकार महासंघ मोरङका सभापति बन्धु पोखरेलले आफना कुरा राख्दै, कार्यक्रम बिर्सजन गर्नु भएको थियो भने उप सभापति कुमोद अधिकारीले आगन्तुकहरुलाई स्वागत गर्नु भएको थियो ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.