Websoft University

मेयर पराजुलीले १५ औ पटक दण्ड प्रणाम गर्दै सिंघीया घाटमा पुगेर सुर्य आरधना गरे


बिराटनगर कार्तिक २८ गते । रातो तारा डट कम,हिजो  दिउँसो १२ बजे विराटनगर पोखरीयामा रहेको शिव पाञ्चायन मन्दिरबाट भतिज प्रमिस र मनिससँगै दण्ड प्रणाम गर्दै निस्कीएका पराजुली तीन किलोमिटर दण्ड प्रमाण गर्दै सिंघिया घाटमा पुगेर अस्थाउँदो सूर्यलाई अर्घ दिने पराजुलीका प्रेस सल्लाहाकार कौशल निरौलाले जानकारी दिए ।

१५ बर्षयता बर्ष छैठ माताको ब्रत बस्दै आएका मेयर पराजुलीले १५ औ पटक दण्ड प्रणाम गर्दै सिंघीया घाटमा पुगेर बुधवार आज विहान उदाउँदो सूर्यलाई अर्घ दिएर ब्रत समापन गरेेेेकाछन  ।

नगरबासीको सुख, शान्ति र समृद्धिको कामना सहित छठको कष्टपूर्ण ब्रत बसेको मेयर पराजुलीले जानकारी दिए । मेयरमा निर्वाचित भएपछि दोस्रो पटक दण्ड प्रणाम गर्दै छठको पूजाकालागि निस्कीएका पराजुली धर्म प्रति बढी आस्था राख्छन् ।

‘पहिले म आफु र परिवारको रक्षाका लागि छठ पुजा गर्थे’ उनले भने, ‘तर गत वर्षदेखि सम्पुर्ण महानगरवासीको सुरक्षा र समृद्धिका लागि गर्न थालेको छु, सकुन्जेल निरन्तरता दिन्छु ।’

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.