Websoft University

फौजदारी कानुनमा ठुलो आधुनिकिकरण भएकाले सुनवाई प्रकृया छिटो छिटो अघि पर्छ:महान्यायाधिवक्ता खरेल


गाईघाट,मंसिर १३ गते । रातो तारा डट कम,महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले गम्भिर प्रकृतिका अपराधलाई चाँडै टुङोमा पुर्याउन निरन्तर सुनवाई प्रकृया योजना अघि सारिएको बताएकाछन् ।

उदयपुरको सदरमुकाम गाईघाटमा जिल्ला सरकारी वकिल कार्यालय भवनको विहीबार उद्घाटन गर्दै उनले बलात्कार, यौनजन्य हिंसा,अपहरण जस्ता अपराधका घटनालाई चाँडै निष्कर्षमा पुर्याउन अदालतमा निरन्तर सुनवाई प्रकृया योजना ल्याउने तयारी भईरहेको बताए ।

देशभर बलात्कार, यौनजन्य हिंसा र अपहरण जस्ता घटना बढिरहेको बेला यस्ता घटनालाई निस्तेज बनाउनका लागि यो योजना अघि सारिएको उनले बताए ।

मुद्दाको प्रकृया लम्बिदा पीडितले थप पीडा भोग्नु परेको बताउँदै उनले ‘मुद्दा चलिरहेको विचको समयमा हुने चलखेल र पीडितमाथि थप हुने हिंसालाई न्युनिकरण गर्न यो बिधी उपयुक्त हुने छ ।’

घटनासँग असबन्धित व्यक्तिको चलखेल, पीडितलाई होस्टायल गर्न दवाव दिने, आर्थिक चलखेल गर्ने र पीडितलाई समाजमा बस्न नदिने वातावरण तयार भईरहेकाले त्यस्ता मुद्दालाई तत्काल निष्र्कषमा पुर्याउन निरन्तर सुनवाई गर्दै अदालती प्रकृया प्रमाण, साक्षी बुझ्ने जस्ता कामकारवाही तत्काल अवलम्बन गरिने उनले बताए ।

खरेलले ५५ बर्ष अघिको फौजदारी कानुनलाई प्रतिस्थापन गर्दै नयाँ कानुन कार्यान्वयनमा ल्याएको भन्दै फौजदारी कानुनमा ठुलो आधुनिकिकरण भएको बताए । उनले न्याय जनताको सन्तुष्टिका लागि भएकाले कागजमा सिमित नहुने गरी कारवाही प्रकृया अघि बढाउन आग्रह गरे ।

महान्यायाधिवक्त खरेलले नवनिर्मित भनव बन्दैमा जनताले न्याय नपाउने भएकाले सेवालाई प्रभावकारी बनाउन अनुरोध गरे । उनले अनुसन्धान स्वतन्त्रता नभए न्याय मर्ने भएकाले सबै क्षेत्रबाट अनुसन्धानलाई स्वतन्त्रता बनाउनसमेत अपिल गरे । उनले सरकारी वकिल कार्यालयलाई व्यवसायिक संस्थाको रुपमा तयार गर्न संस्थागत सुद्धिढिकरण, भौतिक साधान स्रोध सम्पन्न गर्नकालागि व्यवसायिक दक्षतासँग जोडिएका कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए ।

दुई बर्ष भित्र ७७ वटै जिल्लाका सरकारी वकिल कार्यालय भौतिक संरचना निर्माणगरि सक्ने जानकारी गराए  ।
अधिकार पाएको भन्दै क्षेत्राधिकार मिच्ने, संघ, पद्रेस र स्थानीय तहमा बाझीने गरी कानुन बनाउने अधिकार कसैलाई नभएको भन्दै उनले  कुनै सरकारसँग नबाझीने गरी कानुन बनाउन प्रदेश र स्थानीय सरकारलाई आग्रह गरे ।

दुई करोड २८ लाख ८३ हजार तीन सय ४२ रुपिँया ९९ पैसामा निर्माण भएको तीन तले भवनमा २५ कोठा रहेको छ । २०७६ असारमा सम्पन्न गर्ने गरि २०७४ असार १५ गते निर्माण सुरु गरिएको भवन छ महिना अगावै सम्पन्न भएको जिल्ला न्यायाधिवक्त हरीकुमार पोखरेलले जानकारी दिए । १० कठ्ठा क्षेत्रफलमा अबश्थित भवन निर्माणको जिम्मा गिताञ्जली शक्तिकुण्ड जेवीले गाईघाटले लिएको थियो ।
श्याम राई÷उदयपुर


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.