Websoft University

चर्चित गायक गंगालाल श्रेष्ठ ‘बरदान’ बसमै कुटिए


मोरङ कार्तिक २६ गते । मोरङको बेलबारी नगरपालिकामा आइतबार दिउँसो चर्चित गायक तथा लेखक गंगालाल श्रेष्ठ ‘बरदान’ माथि कुटपिट भएको छ ।

बेलबारी २ स्थित घरबाट पत्नी सहित ना ५ ख २८९४ नम्बरको मिक्लुङ यातायातको बसमा चढेर धरानतर्फ जाँदै गर्दा बसका कन्डक्टर, सहचालक समेतले आक्रमण गरेको प्रहरीले जनाएको छ ।

काँकडभित्ताबाट धरानतर्फ जाँदै गरेको बसका कन्डक्टर मोरङ उर्लाबारी नगरपालिकाका २० वर्षीय रोशन श्रेष्ठ, सहचालक झापाको दमक नगरपालिका १० का २१ वर्षीय सुजन श्रेष्ठ समेतले बेलबारीको लालभित्तीमा पुगेपछि कुटपिट गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले बताए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.