Websoft University

छुट्टा-छुट्टै दुर्घटनामा २ को मृत्यु, २ घाइते


सुनसरी, कार्तिक २५ गते । रातो  तारा  डट  कम,१ नम्बर प्रदेश अनतर्गत मोरङ र सुनसरी जिल्लामा शनिवार र आईतवार भएको छुट्टा-छुट्टै दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ, भने २ जना घाइते भएका छन् ।
मोरङ, मोरङको सुन्दर-हरैँचा नगरपालिका-९ स्थित विराटचौकमा आईतबार एम्बुलेन्सको ठक्करबाट मोटरसाईकलमा सवार १ जनाको मृत्यु भएको छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको गरेको मे १ च ४५१९ नम्बरको एम्बुलेन्सले उत्तरबाट दक्षिण तर्फ बाटो काट्दै गरेको को १६ प २७६९ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा एम्बुलेन्स समेत पल्टिएको थियो । राती करिब १२:४५ बजे भएको उक्त दुर्घटनामा परि मोटरसाईकलका चालक सोही नगरपालिका-१० बस्ने बर्ष-३९ को रोशन गजुरेल गम्भिर घाइते भई उपचारको लागि धरान स्थित वि.पी.
कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा राती १:५० बजे मृत्यु भएको प्रहरी चौकी बिराटचौकले जनाएको छ ।

दुर्घटनामा एबुलेन्स चालक झापा शिव सताक्षी नगरपालिका-६ बस्ने बर्ष-४८ को ददिराम रेग्मी र एम्बुलेन्समा सवार गौरीगंज गाउँपालिका-१ बस्ने बर्ष-१८ को सुनिल गुरागाई घाईते भई बेलबारी स्थित नोबेल अस्पतालमा उपचार भईरहेको छ ।

 एम्बुलेन्स र मोटरसाईकल प्रहरीको नियन्त्रणमा राखिएको छ । सुनसरीः- सुनसरीको ईटहरी उप महानगरपालिका-१७ पकली स्थित राजमार्गमा शनिवार मोटरसाईकलको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ ।

राती ८:१५ बजेको समयमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को २६ प ५७३१ नम्बरको मोटरसाईकलले ईटहरी १६ बस्ने बर्ष ५२ को दिपक खतिवडालाई बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । ठक्करबाट टाउकोमा चोट लागेर गम्भीर घाइते खतिवडालाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा राती ९:२० मा मृत्यु भएको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालकलाई उक्त कार्यालयको नियन्त्रणमा राखिएको छ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.