Websoft University

बालिका एल्जिनाको घाटीमा डाम भेटिएपछि- शब पोष्टमार्टमका लागि धरान पठाइयो


श्याम राई÷उदयपुर-गाईघाट,कार्तिक २७ गते ।
रातो तारा डट कम, बलात्कारपछि हत्या गरिएको भनिएकी १३ वर्षिया बालिका एल्जिना खड्काको शब पोष्टमार्टमको लागि मंगलबार घरानस्थीत विपि कोईराला मेमोरियल अस्पताल पठाएको छ ।

उदयपुरको रौतामाई गाउँपालिका वडा न. ३ लाफागाउँबाट डि.एस.पीको प्रहरी टोलीले सोमबार राती बालिकाको शब सदरमुकाम गाईघाट ल्याएपछि मंगलबार पोष्टमार्टमको लागि विपि कोईराला अस्पताल धरान पठाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एस.पी चन्द्रदेब राईले बताए ।
शब पोष्टमार्टमको लागि आजै धरान पठाएका छौ । रिपोर्ट आउन बाकी छ ।’ उनले भने,‘।

बलात्कार जस्तो गम्भिर प्रकृतीको घटना भएकोले शबको पोष्टमार्टम गर्न विपिमा पठाएका हौ ।’ उनले भने । पोष्टमार्टमको रिपोर्ट भोलि (मंगलबार) सम्म आउने उनले बताए ।

प्रहरीले बालिकाको बलात्कारपछि हत्या गरिएको आशंका गरेको छ । उक्त घटनामा संलग्न रहेको आशंकामा सोमबार चार युवालाई पक्राउ गरेको एस.पी. राईले बताए । प्रहरीले ति युवाको नाम भने अझै सार्वजनिक गरेको छैन । घटनाको अनुसन्धान भैरहेकोले घटनामा संलग्न व्यक्तिको बारेमा केही खुलाएको छैन ।

पोष्टमार्टमपछि मात्र बलात्कार पछि हत्या हो होईन भन्ने खुल्ने छ ।’ एस.पी. राईले भने । डि.एस.पी कमाण्डमा गएको प्रहरी टोलीले घटनास्थलमा पुगेर प्रारम्भिक अध्ययन गरेको उनले बताए ।‘  हामीले केन्द्रबाट तालिम प्राप्त कुकुर मगाएर घटना स्थलमा अनुसन्धान गरेका छौ ।’ एस.पी राईले भने ।

पोष्टमार्टमको रिपोर्ट र पक्राउ परेकाकहरुको बयानको आधारमा घटनको यकिन हुने उनले बताए ।
शनीबार दिउसो बाख्रा चराउन गएकी खड्काको आईतबार मृत्यु अवस्थामा शब भेटिएको थियो । स्थानीय एक माध्यामिक विद्यालयमा कक्षा–९ मा अध्ययनरत उनको शंकास्पद अवस्थानमा शब भेटिएको थियो ।

बालिकाको घाटीमा निलडाम देखिएकोले डोरीले बाधेर हत्या गरिएको हुन सक्ने अनुसन्धानमा खटिएको एक प्रहरी अधिकृतले बताए ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.