Websoft University

दाङमा मेसिनबाट दुना-टपरी उत्पादन सुरु

काठमाडौ कार्तिक १८ गते । रातो तारा डट कम,दाङमा पहिलो पटक मेसिनबाट दुना तथा टपरी बनाउन थालिएको छ। तुलसीपुर दुना टपरी उद्योगले सेमिहाइड्रोलिक मेसिनबाट दुना र टपरी उत्पादन गर्न थालेको हो।

तुलसीपुर–६ बरुवागाउँमा १० लाख १० हजार रुपैयाँ लागतमा उद्योग स्थापना गरेको उद्योगका अध्यक्ष भिमबहादुर खत्रीले जानकारी दिए। वनमा खेर गइरहेका पातलाई सदुपयोग गरेर टपरी बनाउन थालिएको हो।

१३ जना सेयर सदस्य रहेको उक्त उद्योगले प्रतिव्यक्ति २०÷२० हजार रुपैयाँ शेयर उठाएको छ भने तुलसीपुर उपमहानगरपालिकाको पाँच लाख सहुलियत ऋण र दुई लाख ५० हजार रुपैयाँ अनुदान गरी जम्मा १० लाख १० हजारमा उक्त उद्योग सञ्चालन गरिएको हो। 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.