Websoft University

ऋण चुक्ता गर्न नसक्दा आफ्नै बसमा आगजनी


मोरङ, मंसिर १४  गते । रातो तारा डट कम,आफ्नो बसमा आफै आगो लगाएको आरोपमा ईलाका प्रहरी कार्यालय बेलवारीले २ जनालाई पक्राउ गरेको छ । गत मंगलवार मोरङको ग्रामथान गाउँपालिका वडा नम्बर-५ को मसान चौकमा राती १० बजे बा ३ ख ८०७४ नम्वरको माइक्रो बसमा आगजनी भएको थियो । 

अज्ञात समुहले बसमा आगजनी गरेको र मोवायल तथा अन्य धनमाल समेत लुटि लगेको भन्ने खवर ईलाका प्रहरी कार्यालय हरैचामा प्राप्त हुना साथ इलाका प्रहरी कार्यालय बेलवारी र  ईलाका प्रहरी कार्यालय हरैचाबाट तत्काल प्रहरी टोली खटी गई स्थानीयवासी र दमकलको सहयोगमा उक्त आगो राती २३:३० बजे नियन्त्रणमा लिएको थियो ।

उक्त आगजनी कसले र के कारणले गरेको भन्ने सम्बन्धमा अनुसन्धान गर्ने क्रममा बसकै चालक मन्थली नगरपालिका वडा नं. ५ बस्ने बर्ष-४८ शम्भु कार्की र सहचालक लिखु गाउँपालिका वडा नं. ५ बस्ने बर्ष-२५ को दिनेश बरुवालकै संग्लग्नता रहेको खुल्न आएपछी उनीहरुलाई नियन्त्रणमा लिईएको हो ।

उनीहरुले आफ्नो गाडी पुरानो भई ऋण समेत चुक्ता गर्न नसकेको र बिमा लगायत अन्य क्षतिपूर्ति प्राप्त गर्ने उदेश्यले योजना बद्ध रूपमा आफैले पेट्रोल लगाई जलाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सो सम्बन्धमा थप अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.