Websoft University

अव तानाशाही संमरचनाहरुलाई भतकाउदै जानुपर्छ– ऋषिकेस पोखरेल


बिराटनगर,कार्तिक २९ गते । रातो तारा डट कम,क्रान्तिकारी पत्रकार संगठन नेपाल केन्द्रिय समितिले आज बिराटनगरमा मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बिषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो ।

नेपाल कम्युनिष्ट पाटी मोरङका अध्यक्ष तथा पुर्व सासद ऋषिकेस पोखरेलले प्रेस अभिव्याक्ति स्वतन्त्रताको बिषयमा बोल्दै,अहिलेको अवस्थामा आरोप प्रत्यरोप गर्नु भन्दा पनि यो सरकार कम्युनिष्ठहरुको हो तर सत्ता चै होइन भन्नु भयो ।

यसो भनेर तरर्किने भन्दा पनि तानाशाही संमरचनाहरुलाई भतकाउदै जानुपर्छ कर्मचारी तन्त्रहरुले पनि अहिलेको व्यवस्था अनुरुप रुपानतरित हुनु पर्छ भन्नु भयो ।

नेपाल कम्युनिष्ठ पाटीका माओवादी केन्द्रका बिमल पोखरेलले राजनीतिक पत्रकारीताका बिषय र जटिलताका बारेमा प्रकाश पार्नु भएको थियो ।

नेपाली कांग्रेसका प्रतिनिधि जनार्दन निरौलाले पनि बोल्नु भएको थियो ।

क्रान्तिकारी पत्रकार संगठनका केन्दिय अध्यक्ष प्रकास डुम्रेले कार्यक्रमलाई सम्वोधन गर्दै प्रेस स्वतन्त्रता कुन्ठीत हुने खालका काम कतैबाट हुनु हुदैन अहिले भइरहेकाले महासंग पनि बिरोधमा उत्रिएकोछ, त्यस्ता कुराहरुको सबैले मिलेर सामना गर्नु पर्छ भन्नु भयो ।

नेपाल पत्रकार महासंघ १ नम्वर प्रदेश अध्यक्ष बिक्रम लुइटेलले प्रष्टैसंग कुरा राख्दै,अव पत्रकारीताको क्षेत्रमा कर्मचारी पेसा राजनीतिक क्षेत्र र पत्रकारीताको क्षेत्रको किता छुट्याउनु अहिलेको अवस्थामा जरुरी भएको बताउनु भयो ।

नेपाल पत्रकार मोरग का सभापति बन्धु पोखरेलले १ नम्वर प्रदेशका मुख्य मन्त्रीले कहि समय अगि सार्वजानिक ठाउबाटै पत्रकारलाई अपसब्दहरु बोलेको प्रशंग उल्लेख गदै,पत्रकारहरुको अधिारको बारेमा सबै मिलेर अगिबड्नु पर्छ भन्नु भयो ।

मोरङका संयोजक क्षितिज पोखरेलले र नेपाल शिक्षक संगठका महासचिव बिकास न्यौपाने,शान्तिपुर्ण तरिकाले कार्यक्रमहरु गर्दा दमन गर्नु राम्रो होइन भन्ने बिचारहरु व्याक्त गरेका थिए ।

त्यसैगरी नेकपा क्रान्तिकारी मोरगका सेक्रेटरी नवराज भट्टराइ,लगाएतका वक्ताहरुले कार्यक्रममा बोल्नु भएको थियो ।

सचिव सृजना तिम्सिनाले सरलिकरण गर्नु भएको थियो भने महासचिव हिम बिष्टले उदघोषण गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.