Websoft University

सुनसरीको दुहबी, ईनरुवा, लौकहीसम्म बन्द - बन्द खुलाउन प्रयास जारी


बिराटनगर मंगसीर ६ गते । रातो तारा डट कम,सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९ मा फिदा हुसेको हत्या भएपछि असामान्य बनेको दुहबी अझै सामान्य बन्न सकेको छैन । सुनसरीको दुहबी, ईनरुवा तथा लौकहीमा मुस्लीम अगुवाहरुले बन्द गराएका छन् ।

उनीहरुले पुर्ब बाट पस्चिम जाने सवारीका साधनहरु संचालनमा अबरोध गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बुधवार बिहान साढे ६ बजे घरबाट श्रीमतीसँग मर्निङ वाकमा निस्किएका ईटा उद्योगका ब्यवस्थापक समेत रहेका फिदाको हत्यामा संलग्नलाई कार्वाहीको माग गर्दै दुहवी बजार बन्द गरिएको हो ।

त्यस्तै मृतकका आफन्तले गृहमन्त्री आएर हत्यारालाई कार्वाहीको दायरामा ल्याउने प्रतिबद्धता नजनाउँदासम्म शव नउठाउने बताएका छन् । मृतकका समथएकले गरेको बन्दका कारण बिराटनगरबाट पस्चिम छुट्ने सबै सवारी साधनहरु बिराटनगरमै थन्कीएका छन् । भने पुर्ब जाने सवारीहरु बिराटचोक निस्किएर गएका छन् ।

हत्या भएको फिदाको शव अझै उठेको छैन । २४ घण्टा भित्र हत्यारा पत्ता लगाउन मृतकका आफन्तले माग गरेकोले असहज भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती बताए । मृतकका आफन्तसँग छलफल भएपनि उनीहरु आफ्नो अडानमा रहेको र बन्द खुलाउने र शव उठाउने बिषयमा जिल्ला तहका नेताहरुसँग छलफल भईरहेको उनले जानकारी दिए ।

अबस्था असामान्य भए कफ्र्यु लगाउने अबस्थामा जिल्ला सुरक्षा समिति पुगेको छ । दुहबीको बन्दको क्रम जिल्लाका ईनरुवा तथा लौकहीसम्म पुगेपछि घटनालाई थप उतेजित हुन नदिनको लागि जिल्ला सुरक्षा समिति उच्च सतर्कताका साथ रहेको जनाईएको छ । अबस्थालाई सामान्य रुपमा ल्याउनको लागि कफ्र्यु लगाउने की भन्ने बिषयमा पनि सुरक्षा समिति भित्र छलफल भईरहेको सुरक्षा श्रोतले बतायो, तर निर्णय भने भएको छैन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.