Websoft University

मैनबत्ती र दियो बाल्दा आगलागी १ घाईते


झापा, कार्तिक २२ गते । रातो  तारा  डट  कम,झापाको कमल गाँउपालिका-६ स्थित गुवाबारी बस्ने भुपेन्द्र तिवारी को श्रीमति बर्ष २२ कि चन्द्रकला तिवारी मैनबत्ती बाल्ने क्रममा अचानक साडिमा आगो सल्किदा घाईते भएकी छिन् ।

आफ्नै घरमा मैनबत्ती बाल्ने क्रममा चन्द्रकलाले लगाएको साडीमा अचानक आगो लाग्दा पछाडीको भाग कम्बर भन्दा तल डढी घाईते भई उपचारको लागी बिएण्डसी अस्पताल बिर्तामोडमा लगीएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


त्यासैगरी, उदयपुरको चौदन्डीगढी नगरपालिका-७ हाङबजार स्थित कृष्ण बहादुरको घरमा आगलागी हुदा १२ लाख बराबरको क्षती भएको छ ।

रातको सवा नौ बजे दिपावलीमा बालीएको बति बाट आगो सल्कीन गई बि.क.को काठले बनेको टिनको छानो भएको २ तले कच्ची घर, घर भित्र रहेको अन्नपात, लत्ताकपडा, भडाबर्तन पुर्णरुपमा जली नष्ट भएको छ ।

उक्त आगलागी प्रहरी, स्थानिय जनताको सहयोगमा रातको १० बजे पुर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.