Websoft University

पत्रकार महासंघ मोरङले पुस २० गते साधारणसभा गर्ने निर्णय गर्यो


बिराटनगर मंसिर १४ गतेे । रातो तारा डट कम,नेपाल पत्रकार महासंघ मोरङ कार्यसमितिको नवौं बैठक मिति २०७५ मंसिर १४ गते जिल्ला कार्यसमिति मोरङका अध्यक्ष श्री बन्धु पोखरेलको अध्यक्षतामा बस्यो । बैठकले गरेका निर्णयहरुको जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

१.नेपाल पत्रकार महासंघ मोरङको साधरणसभा २०७५ पुस २० गते विराटनगरमा गर्ने निर्णयगरियो। उक्त साधरणसभा सम्पन्न गर्नका लागि अध्यक्ष श्री बन्धु पोखरेलको संयोजकत्वमा उपाध्यक्षहरु श्री कुमोद अधिकारी र सुश्री सुशीला पाठक रहेको मूल समिति निर्माण गरियो ।

यस्तै कोषाध्यक्ष श्री सन्तोष सिग्देलको संयोजकत्वमा सदस्यहरु श्री नविन कर्ण र श्री कौशल निरौला रहेको आर्थिक उपसमिति निर्माण गरियो । साधरणसभामा प्रस्तुत हुनेगरी नेपाल पत्रकार महासंघ मोरङको इतिहास र वर्तमान अवस्था समेट्ने गरी वृत्तचित्र निर्माण गर्ने निर्णय गरियो।

वृत्तचित्र निर्माणका लागि शाखाका सल्लाहकार तथा पूर्व अध्यक्ष श्री महेन्द्र विष्ट संयोजक रहनेगरी पूर्व अध्यक्ष श्री मोहन भण्डारी र शाखाका साधरण सदस्य श्री मोहन मानन्धर सदस्य रहने गरी समिति निर्माण गरियो ।

साधरणसभाका लागि सांगठनिक प्रतिवेदन निर्माण गर्न सचिव श्री अर्जुनकुमार आचार्य र आर्थिक प्रतिवेदन निर्माण गर्न कोषाध्यक्ष श्री सन्तोष सिग्देललाई जिम्मेवारी दिइयो ।

२.आगामि पुस ४ र ५ गते विराटनगरमा हुन लागेको नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनको सफलताको लागि शुभकामना व्यक्त गरियो ।

३.२२ वर्षदेखि कार्यरत मोरङ शाखाका कार्यालय सचिव श्री दिपक फुयाँललाई आगामि पुस २० गते हुने साधरणसभाको अवसरमा रु.५१,०००।– (अक्षरुपी एकाउन्न हजार मात्र) राशी नगदसहित सम्मान प्रदान गर्ने निर्णय गरियो ।

४.साधरणसभाको अवसरमा वितरण हुने प्रतिभा पत्रकारिता पुरस्कार र नगरविकास पत्रकारिता पुरस्कारका लागि व्यक्ति छनौट गर्न नेपाल पत्रकार महासंघ मोरङका सल्लाहकार श्री विक्रम निरौलाको संयोजकत्वमा सल्लाहकार श्री अनन्तराज न्यौपाने र पूर्व केन्द्रीय सदस्य श्री गणेश लम्साल रहनेगरी छनौट समिति निर्माण गरियो ।

५.नेपाल पत्रकार महासंघ मोरङ शाखाको कार्यालयको सचिवालय,सभाहल,सूचना केन्द्र, पुस्तकालय व्यवस्थापनको काम आगामि साधरणसभा अगाडि नै सम्पन्न गर्ने अध्यक्ष श्री बन्धु पोखरेलद्वारा बैठकमा जानकारी गराउनु भएको
बिज्ञप्ति मार्फत सचिव अर्जुनकुमार आचार्यले जानकारी गराउनु भएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.